आँखा शिविरबाट दुईसय १३ लाभान्वित



हाम्रो इकोनोमि

पाल्पाको रामपुर नगरपालिका–१० रामटारमा सञ्चालन भएको एक दिने निःशुल्क आँखा शिविरबाट २१३ जना बिरामीले सेवा लिएका छन् ।

सोमबार भएको शिविरमा आँखा परीक्षण गराएकामध्ये छ जना मोतियाबिन्दुका बिरामी फेला परेका छन् । मोतियाबिन्दुका बिरामीलाई शल्यक्रियाका लागि लुम्बिनी मेडिकल कलेज, प्रभासमा रिफर गरिएको छ । अन्य बिरामीलाई आवश्यकताअनुसार निःशुल्क औषधि वितरण गरिएको किसनकुमार श्रेष्ठले बताउनुभयो ।

लुम्बिनी मेडिकल कलेज, प्रभास, पाल्पाको आयोजना तथा प्राविधिक सहयोग, भगवती चश्मा पसल रामपुरको सहआयोजना र ज्ञानपुञ्ज युवा समाजको व्यवस्थापनमा शिविर चलेको हो ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...