पाकिस्तान सडक दुर्घटनामा दश जनाको मृत्यु



हाम्रो इकोनोमि

पाकिस्तानको सिन्ध प्रान्तस्थित सान क्षेत्रमा आइतबार दुई विपरित दिशाबाट आएका यात्रुबाहक बस एउटा सुजुकी भ्यानसँग ठक्कर खाँदा भएको दुर्घटनामा एउटै परिवारका १० जनाको मृत्यु भएको छ ।

इन्दुज राजमार्गमा बिहानै भएको सडक दुर्घटनामा १० जनाको मृत्यु भएको र केही यात्रुहरू घाइते भएका बरिष्ठ प्रहरी उपरिक्षक इरफान बहादुरले बताउनुभयो ।

एकै परिवारका दुई पुरुष, चार महिलासहित चार जना बालबालिकाको घटनामा मृत्यु भएको उहाँले बताउनुभयो ।
सेहवान र जमसोरो शहरबाट छुटेका रात्रिकालिन दुई बस उच्च गतिमा आएका र उक्त भ्यानसँग ठोक्किएको बरिष्ठ प्रहरी उपरिक्षक इरफानले बताउनुभयो । दुर्घटनापछि दुबै बसका चालक फरार रहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...