फिलिपिन्समा आँधी र आगलागीमा २३७ को मृत्यु, राष्ट्रसंघद्वारा दुःख व्यक्त



फिलिपिन्समा भएका दुई ओटा ठूला घटनामा परी तीन दिनमा कम्तीमा पनि २३७ जनाको मृत्यु भएको समाचार छ ।

शुक्रबार आएको ‘टेमबिन’ नामक आँधीमा परी मृत्यु हुनेहरुको सङ्ख्या अहिले सम्म २०० पुगेको छ भने शनिबार दावाओ सिटीमा रहेको एउटा सपिङ मलमा भएको आगलागीमा परी ३७ जनाको मृत्यु भएको छ ।

शनिबार बिहान भएको आगलागीमा परी हराइरहेकामध्ये उनीहरुको मृत्यु भएको हुन सक्ने अधिकारीहरुले बताएका छन् ।

अग्नि नियन्त्रक र उद्धारकर्ताले झण्डै १६ घण्टासम्मको लगातारको प्रयासपछि आइतबार बिहान मात्र आगो नियन्त्रणमा लिन सफल भएका छन् ।

राष्ट्रपति रोड्रिगो डुतेर्तेले स्थानीय समयअनुसार विहान तीन बजेतिर आगलागीमा परी ज्यान गुमाएकाका आफन्तलाई सहानुभुति व्यक्त गर्नुभएको छ ।

उहाँले उक्त दुर्घटनाबाट भएको क्षतीप्रति दुःख व्यक्त गर्दै पीडितलाई धैर्यधारण गर्न आग्रह गर्नुभयो । पीडितका परिवारलाई सरकारले सहयोग गर्ने घोषणा पनि उहाँले गर्नुभयो ।

“अधिकारीले भनेका छन्– अहिले पनि घटनास्थलमा कोही व्यक्ति जीवितै होलान् भन्ने विश्वास गर्न धेरै गाह्रो छ, उनीहरु जीवितै हुने सम्भावना शुन्य छ,” ।

क्याथोलिक विसप कन्फेरेन्सका अर्चबीसप रोमुलो भालिजलाई उद्धृत गर्दै राष्ट्रपति डुतेर्तेले हराएकाको जीवितै रहने सम्भावना नरहेको बताउनुभयो । आफन्त गुमाएकालाई उहाँले नजिकैको एउटा रेष्टुरेन्टमा भेट्नुभएको थियो ।

स्थानीय समयअनुसार आइतबार बिहान ०५ बजेसम्म आगलागीबाट ध्वस्त भएको एनसीसीसी मलमा कम्तीमा ३७ जना बेपत्ता भएको राष्ट्रपतिका छोरासमेत रहेका सिटिका मेयर पाउलो डुतेर्तेले जानकारी दिनुभयो ।

आँधीमा परी मृत्यु हुनेको संख्या २०० पुग्यो

त्यसैगरी फिलिपिन्सको दोस्रो ठूलो टापूका रुपमा चिनिने मिन्दानाओमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या शनिबार अबेररातिसम्म २०० पुगेको छ । अरु कैयौँ अझै पनि बेपत्ता भएका प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

फिलिपिन्स प्रहरीका प्रान्तीय प्रमुख लेमुएल गोन्डाले उत्तरी मिन्डानाओमा मात्रै आँधीका कारण १३५ जना र जाम्बोङ पेनिन्सुलामा ४७ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

मिन्डानाओ स्वायत्त क्षेत्रका एकजना सांसद जिआ अलोन्टो अडिओङले आफ्नो क्षेत्रमा १८ जनाको मृत्यु भएको बताउनुभएको छ ।

उत्तरी मिन्डानाओमा मृत्यु भएका १३५ जनामध्ये १२७ जना लानाओ डेल नोर्ते, छ जना बुकिड्नोन, एक जना इलिगान र अर्का एक जना मिसामिस ओक्सीडेन्टलमा मृत्यु भएको हो ।

प्रहरीले अरु झण्डै ७२ जना हराइरहेकाले खोजीकार्य जारी रहेको जनाएको छ । राष्ट्रिय प्रकोप खतरा न्यूनीकरण तथा व्यवस्थापन परिषदले आँधी प्रभावित क्षेत्रबाट विवरण उपलब्ध गराउन आग्रह गरिएको जनाएको छ ।

परिषद्का प्रवक्ता रोमिना मारासिगानले आफूलाई ७५ जनाको मृत्यु भएको र ५८ जना अझै पनि हराइरहेको अनौपचारिक विवरण विभिन्न निकायबाट प्राप्त भएको बताउनुभयो ।

“यीनीहरु समग्रमा संकलन भएका विवरणहरु हुन्, तर पूर्णरुपमा पुष्टी हुन अझै बाँकी छ,” उहाँले भन्नुभयो ।

यस आँधीका कारण ५० हजारभन्दा बढी नागरिक विस्थापित भएका छन् । सयौँ घर ध्वस्त भएका छन् भने कतिपय गाउँ नै बाढीले बगाएको छ ।

राष्ट्रसंघद्वरा दुःख व्यक्त

यसैबीच फिलिपिन्समा आँधीका कारण ठूलो संख्यामा मानवीय क्षति भएकोप्रति संयुक्त राष्ट्रसंघले गहिरो दुःख व्यक्त गरेको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनिओ गुथ्रेसले आँधी र आगलागीका कारण फिलिपिन्सका धेरै नागरिकले ज्यान गुमाउनु परेको र ठूलो मात्रामा भौतिक क्षति भएकोमा दुःख व्यक्त गर्नुभएको हो ।

उहाँका प्रवक्ताले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा पीडितका परिवारप्रति सहानुभूति व्यक्त गर्नुकासाथै घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

उहाँले प्रकोपको समयमा साहसपूर्वक उद्धारकार्यमा खटिएका उद्धारकर्ता तथा स्वयम्सेवीलाई उच्च सम्मान व्यक्त गर्नुभएको प्रवक्ताले सो विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
सुनको मूल्यले नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजार

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा

आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको