साताको पहिलो दिन ४.४७ अंकले घट्यो नेप्से, झन्डै ५६ लाखको सेयर कारोवार



हाम्रो इकोनोमि

साताको पहिलो दिन आइतबार शेयर बजार ओरालो लागेको छ।गत साता घटेर बन्द भएको सेयर बजार साताको सुरुवातमा पनि लगानीकर्तालार्इ उत्साहित बनाउन सकेन्।

आइतबार नेपाल स्टक एक्सचेन्ज९नेप्से०को कारोबार मापक सूचक ४.४७ अंकले घटेर १४६७.६८ अंकमा झरेको छ। क बर्गका कम्पनीहरुको कारोवारमापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.९३ अंक घटेर ३०९.०१ अंकमा ओर्लिएको छ।

आइतबार १६७ कम्पनीका १४ लाख ५७ हजार कित्ता शेयर ५५ करोड ९५ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकको आठ करोड ४५ लाख रुपैयाँमा कारोबार भयो। कारोवारमा आएका उपसूचकमा फाइनान्स बाहेक सबै घटेका छन्। फाइनान्स ०.०५ प्रतिशतले बढेको छ।

बैंक ०.१७, ट्रेडिङ १.३६, होटल ०.३७, विकास बैंक ०.८, जलबिद्युत ०.२, बीमा ०.३३, उत्पादनमूलक ०.५२, अन्य ०.९५ र लघुवित्त ०.१९ प्रतिशतले घटेका छन्। ग्रीन डेभलपमेन्ट बैंकका शेयरधनीले सबैभन्दा बढी करिब १० प्रतिशत कमाएका छन् भने सिन्धु विकास बैंकका शेयर धनीले करिब १० प्रतिशत गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस
भिसा इन्टरनेशनलको तीन अवार्डद्वारा नबिल बैंक सम्मानित

    नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड...

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथबीच साना तथा मझौला रणनीतिक साझेदारी

  = नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच...

१३ शाखामा नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा विस्तार

  नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ ।...

आजका विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ...