साताको पहिलो दिन ४.४७ अंकले घट्यो नेप्से, झन्डै ५६ लाखको सेयर कारोवार



हाम्रो इकोनोमि

साताको पहिलो दिन आइतबार शेयर बजार ओरालो लागेको छ।गत साता घटेर बन्द भएको सेयर बजार साताको सुरुवातमा पनि लगानीकर्तालार्इ उत्साहित बनाउन सकेन्।

आइतबार नेपाल स्टक एक्सचेन्ज९नेप्से०को कारोबार मापक सूचक ४.४७ अंकले घटेर १४६७.६८ अंकमा झरेको छ। क बर्गका कम्पनीहरुको कारोवारमापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.९३ अंक घटेर ३०९.०१ अंकमा ओर्लिएको छ।

आइतबार १६७ कम्पनीका १४ लाख ५७ हजार कित्ता शेयर ५५ करोड ९५ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकको आठ करोड ४५ लाख रुपैयाँमा कारोबार भयो। कारोवारमा आएका उपसूचकमा फाइनान्स बाहेक सबै घटेका छन्। फाइनान्स ०.०५ प्रतिशतले बढेको छ।

बैंक ०.१७, ट्रेडिङ १.३६, होटल ०.३७, विकास बैंक ०.८, जलबिद्युत ०.२, बीमा ०.३३, उत्पादनमूलक ०.५२, अन्य ०.९५ र लघुवित्त ०.१९ प्रतिशतले घटेका छन्। ग्रीन डेभलपमेन्ट बैंकका शेयरधनीले सबैभन्दा बढी करिब १० प्रतिशत कमाएका छन् भने सिन्धु विकास बैंकका शेयर धनीले करिब १० प्रतिशत गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...