ओली र प्रचण्डको सम्बन्ध नयाँ बेहुला-बेहुलीको जस्तो,ओलीको प्यार पछी प्रचण्ड दुइ दिन चितवनमै,यसरी गरे ओलीले प्रचण्डलाई फोन बाटै प्यार



पार्टी एकता संयोजन समितिका लागि शनिबार साँझ नै काठमाडौ आउने योजनामा रहेका प्रचण्ड थप दुई दिन चितवनमा रहने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै अनुमति लिएरै प्रचण्ड चितवनमा थप दुई दिन रहन लागेका हुन्।

मौसममा आएको खरावीका कारण एकता संयोजन समितिका लागि प्रचण्डको शनिबार साँझ काठमाडौं आउने योजना स्थगित हुन पुग्यो। जेसिसको महाधिवेशन उद्घाटनका लागि भैरहवा पुगेका प्रचण्ड यदि मौसमले साथ दिएको भए काठमाडौं आउँदै थिए।

तर भैरहवा विमानस्थललाई हुस्सुले ढाकिदिएपछि प्रचण्ड भैरहवाबाट चितवनतर्फ लागे। त्यसबीचमा उनले राजनीतिक परिस्थितिका बारेमा एमाले अध्यक्ष ओलीबाट अपडेट भए। र, आइतबार विहानैपनि फेरि ओलीसँग थप कुराकानी गरे।

आइतबार विहान दुई नेताबीच राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश, सरकार गठन, पार्टी एकता लगायतका विषयमा कुराकानी भयो। बहुमतीय प्रणालीबाट राष्ट्रिय सभाको निर्वाचन गर्दा कांग्रेसको एउटापनि सिट नआउने देखिएपछि कांग्रेसले अड्को थापेको विश्लेषण दुबै नेताले गरे।

त्यसपछि उनीहरुबीच राष्ट्रिय सभाको निर्वाचन चाहिँ एकल बहुमतीय प्रणालीबाटै गर्ने, तर राष्ट्रिय सभामा कांग्रेसको सरोकारको सम्बोधन कसरी गर्ने भन्ने विषयमा छलफल भयो। यद्यपी, तत्काल कांग्रेस बहुमतीय प्रणालीबाट राष्ट्रिय सभाको निर्वाचन गर्न नमान्ने निष्कर्षका दुबै नेता पुगे।

त्यसपछि प्रचण्डले ओलीसँग भने, ‘यदि तपार्इंले भन्नुहुन्छ भने म कार्यक्रम तुरुन्तै सकेर म आउँ त?’ प्रचण्डको थप भनाई थियो, ‘कांग्रेस आफ्नै अडानमा छ। म त्यहाँ आएपनि तत्काल सहमति हुने सम्भावना छैन। बरु १–२ दिन तपाईंले नै काठमाडौंमा छलफल गर्दै रहनुस्, त्यसबीचमा निर्वाचन आयोगले पनि काम सक्ला। अनि म आउँला।’

ओलीको जवाफ थियो, ‘ठीक छ, तपाईं बिस्तारै आएपनि हुन्छ, बरु तपाईंको चितवन बसाईं शुभ रहोस्।’

एमाले–माओवादी केन्द्र सम्बद्ध बुद्धिजीवी संगठनले भरतपुरमा प्रचण्डको स्वागतमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले भनेका थिए, ओलीजीले आउनु भन्नु भएको भए म गाडीमै भएपनि काठमाडौं जाने थिएँ, तर उहाँले नआएपनि हुन्छ भनेपछि म यहाँ तपाईंहरुको बीचमा छु।’

आज विहान बुद्धिजीवी संगठनहरुद्धारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा रहेका प्रचण्ड दिउसो भरतपुर महानगरपालिका–२५ को शुक्रनगरस्थित प्रभात उच्च माविको वार्षिकोत्सब कार्यक्रममा रहनेछन् भने भोलि चितवन–३ अन्तर्गत पर्ने बाँदरझुलाको घरदैलोमा सहभागी हुनेछन्। र, मंगलबार विहानमात्र उनी काठमाडौं आइपुग्ने छन्।

प्रतिक्रिया दिनुहोस
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशक गुप्ताबीच भेट

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ) को

विदेश गएका नेताका छोराछोरीलाई पार्टी काममा जोड्न महासचिवको निर्देशन

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विदेश गएका आफ्ना छोराछोरीलाई पार्टी काममा

ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार बिग

कार्बन उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्छ : प्रधानमन्त्री ओली

     प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई