नाम चलेको अस्पतालका डाक्टरलाई लागूऔषधसहित सहित यसरी जाक्यो प्रहरीले खोरमा



हाम्रो इकोनोमि

दक्षिण एशियामै नाम कहलिएको धरानस्थित वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन्।

प्रतिष्ठानमा इन्टर्न सकेका डाक्टर क्षितिज श्रेष्ठ पक्राउ परेका हुन्। प्रतिष्ठानमा कार्यरत सुरक्षागार्डले डाक्टर श्रेष्ठ सहित ३ जनालाई शनिवार लागू औषध सहित पक्राउ गरेका हुन्।
डाक्टर श्रेष्ठसहित ३ जना प्रतिष्ठान परिसरबाटै सुरक्षागार्डले पक्राउ गरेको गरेको प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियारले पुष्टि गरेका छन्।

उनले भने, ‘मलाई पनि आज (आइतवार) बिहान डाक्टर श्रेष्ठ सहित लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेको खबर आयो। कानून अनुसार उनीमाथि कार्वाही हुनुपर्छ।’
डाक्टर श्रेष्ठसहित धरान १२–का उज्वल हलवाई र दिनेश श्रेष्ठलाई पक्राउ गरिएको छ। हलवाई प्रतिष्ठानभित्र ब्राउन सुगर पुर्‍याउने र श्रेष्ठले डाक्टरलाई उपलब्ध गराउने गरेको इलाका प्रहरी कार्यालय धरान स्रोतले जनाएको छ।

श्रेष्ठ प्रतिष्ठानको ४ नं मेसका सञ्चालक हुन्। उनीहरुलाई शनिबार प्रतिष्ठानको सुरक्षा गार्डहरुले रंगेहात पक्राउ गरेको थियो।
प्रतिष्ठानका प्रवक्ता डा पशुपति चौधरीले भने होस्टल वार्डेनले छानबिन गरिरहेकोले यथार्थ पत्ता लाग्न बाँकी रहेको बताए।

शंका लागेर प्रहरीलाई पनि बोलाएको प्रवक्ता चौधरीको भनाई थियो ।
‘वार्डेनले छानबिन गरिरहेको छ, शंका लागेर प्रहरी पनि बोलाएको रहेछ’ उनले भने।

प्रतिष्ठान हाताभित्र कोही गैरकानुनीरुपमा पक्राउ गरेपनि सुरक्षा जिम्मा पाएको कम्पनीले सिधै प्रहरीमा बुझाउन पाउँदैन।
सेक्युरिटी कम्पनीले पक्राउ गरेर वार्डेनलाई बुझाउनुपर्ने हुन्छ। त्यसैले धेरैजसो यस्ता घटना प्रतिष्ठानभित्र नै गुपचुप रहने गर्छन्।

यो घटना भने तत्कालै प्रहरी र पत्रकारहरुसम्म पुगेपछि गुपचुप हुन नपाएको हो। पक्राउ परेका डाक्टर श्रेष्ठलाई म्याद थप नभएकोले प्रहरीले घटनाको विषयमा औपचारिकरुपमा जानकारी गराएको छैन।

प्रहरी स्रोतका अनुसार डा श्रेष्ठको कोठाबाट २५ मिलिग्राम ब्राउन सुगर वरामद भएको छ।
‘रुममा नै थालमा राखेर प्रयोग गर्न तयारी अवस्थामा रहेका बेला फेला परेको छ’ प्रहरी स्रोतले भन्यो, ‘उज्वलले बाहिरबाट भित्र पु¥याउने भित्र मेस सञ्चालक दिनेशले डाक्टरलाई सप्लाई गर्ने गरेको रहेछ।’

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...