युनिसेफद्वारा दुई स्वास्थ्यचौकी पुनःनिर्माण



हाम्रो इकोनोमि

भूकम्पले क्षति पु¥याएको गोरखाका दुईवटा स्वास्थ्यचौकी भवन पुनःनिर्माण गरी युनिसेफले हस्तान्तरण गरेको छ ।

युनिसेफको आर्थिक सहयोगमा स्वाँरा सघन गाउँ विकास केन्द्रले गोरखा नगरपालिका–१२ तारानगर र बक्राङ स्वास्थ्यचौकी भवन निर्माण गरी स्थानीय तहका प्रतिनिधिलाई हस्तान्तरण गरेको हो ।

युनिसेफका गोरखा प्रमुख मोहम्मद इद्रिस खानले गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तलाई तारानगर स्वास्थ्यचौकी र शहीद लखन गाउँपालिकाका प्रमुख रमेश थापामगरलाई बक्राङ स्वास्थ्यचौकीको साँचो हस्तान्तरण गर्दै रु ५५ लाखका दरले स्वास्थ्यचौकी निर्माण गर्न लगानी गरिएको बताउनुभयो । यी स्वास्थ्यचौकी छ कोठाका छन् ।

शनिबार आयोजित भवन हस्तान्तरण कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीले भूकम्पले भत्काएका ५५ स्वास्थ्यचौकी भवनमध्ये अधिकांश भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो । भवन बनेपछि अस्थायी टहरोमा बिरामी राखेर उपचार गर्नु पर्दैन भने बर्थिङ सेण्टर सञ्चालनमा आएपछि प्रसुति गराउन सजिलो भएको छ ।

युनिसेफले गोरखामा १२ वटा स्वास्थ्यचौकी भवन पुनःनिर्माण गर्ने प्रतिबद्धता जनाएअनुसार अहिलेसम्म सात वटा निर्माण गरी हस्तान्तरण गरेको छ भने बाँकी भवन हस्तान्तरणको तयारीमा छ । सडक सुविधा नपुगेको गुम्दाको माछाखोला स्वास्थ्यचौकी भवन पुनःनिर्माणमा भने सामान ढुवानीमा ढिलाइ हुँदा पुनःनिर्माण शुरु भएको छैन ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...