फिलिपिन्समा आँधीमा परी मृत्यु हुनेको संख्या १ सय ८० पुग्यो, कयौं बेपत्ता



हाम्रो इकोनोमि

फिलिपिन्समा शुक्रबार आएको ‘टेमबिन’ नामक आँधीमा परी मृत्यु हुनेहरुको संख्या १ सय ८० नाघेको छ ।

फिलिपिन्सको दोस्रो ठूलो टापुका रुपमा चिनिने मिन्दानाओमा आएको सो आँधीका कारण अरु कैयौं बेपत्ता भएको अधिकारीहरूले जनाएका छन् ।

आँधीका कारण ५० हजारभन्दा बढी विस्थापित भएका छन् । घटनास्थलमा उद्धारकर्मी खटिएका छन् ।

उनीहरुले केही शव बाहिर निकालेका छन् भने, महिला, बालबालिकालगायतका घाइतेलाई उद्धार गरिरहेको छ । सयौँ घरहरु ध्वस्त भएका छन् भने कतिपय गाउँ नै मासिएका छन् ।

फिलिपिन्समा हरेक वर्ष झण्डै २० वटा आँधी आउने गरेको छ । यस आँधीको कारण सयौँ व्यक्तिको मृत्यु हुनेगरेको छ ।

अहिलेको आँधीले कारण पनि लाखौं स्थानीय वासिन्दा प्रभावित भएका छन् ।

यसअघि सन् २०१३ को नोभेम्बरमा आएको ‘हैयान’ नामक आँधीमा परी झण्डै सात हजार ३ सय ५० को मृत्यु भएको थियो ।

सपिङ मलमा आगलागी, २५ को ज्यान गयो

यसैबीच, आँधीको मारमा परेको फिलिपिन्सको सपिङ मलमा शनिबार भीषण आगलागी भएको छ । दक्षिण फिलिपिन्सको डाभाओमा लागेको आगलागीमा कम्तीमा २५ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

आगलागीको कारण खुलेको छैन । आगलागी भएको डाभाओ सहर राजधानी मनिलाबाट ८ सय किलोमिटर दक्षिण–पूर्वमा पर्छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...