फिलिपिन्समा आँधीमा परी मृत्यु हुनेको संख्या १ सय ८० पुग्यो, कयौं बेपत्ता



हाम्रो इकोनोमि

फिलिपिन्समा शुक्रबार आएको ‘टेमबिन’ नामक आँधीमा परी मृत्यु हुनेहरुको संख्या १ सय ८० नाघेको छ ।

फिलिपिन्सको दोस्रो ठूलो टापुका रुपमा चिनिने मिन्दानाओमा आएको सो आँधीका कारण अरु कैयौं बेपत्ता भएको अधिकारीहरूले जनाएका छन् ।

आँधीका कारण ५० हजारभन्दा बढी विस्थापित भएका छन् । घटनास्थलमा उद्धारकर्मी खटिएका छन् ।

उनीहरुले केही शव बाहिर निकालेका छन् भने, महिला, बालबालिकालगायतका घाइतेलाई उद्धार गरिरहेको छ । सयौँ घरहरु ध्वस्त भएका छन् भने कतिपय गाउँ नै मासिएका छन् ।

फिलिपिन्समा हरेक वर्ष झण्डै २० वटा आँधी आउने गरेको छ । यस आँधीको कारण सयौँ व्यक्तिको मृत्यु हुनेगरेको छ ।

अहिलेको आँधीले कारण पनि लाखौं स्थानीय वासिन्दा प्रभावित भएका छन् ।

यसअघि सन् २०१३ को नोभेम्बरमा आएको ‘हैयान’ नामक आँधीमा परी झण्डै सात हजार ३ सय ५० को मृत्यु भएको थियो ।

सपिङ मलमा आगलागी, २५ को ज्यान गयो

यसैबीच, आँधीको मारमा परेको फिलिपिन्सको सपिङ मलमा शनिबार भीषण आगलागी भएको छ । दक्षिण फिलिपिन्सको डाभाओमा लागेको आगलागीमा कम्तीमा २५ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

आगलागीको कारण खुलेको छैन । आगलागी भएको डाभाओ सहर राजधानी मनिलाबाट ८ सय किलोमिटर दक्षिण–पूर्वमा पर्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...