’कर्पोरेट फ्रड’ मा प्रोफेसनल इथिक्स र गभर्नेन्सको भूमिका’ विषयक गोष्टी सम्पन्न



हाम्रो इकोनोमि

काठमाडौँ युनिभर्सिटी स्कुल अफ मेनेजमेन्ट (कुसुम) र एसीसीएको संयुक्त आयोजनामा ’कर्पोरेट फ्रड’ मा प्रोफेसनल इथिक्स र गभर्नेन्सको भूमिका’ विषयक गोष्टी सम्पन्न भएको छ । शनिबार काठमाडौँको होटल हिमालयमा आयोजित उक्त कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त सुर्यनाथ उपाध्याय, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर युवराज खतिवडा, बैंक अफ काठमाडौँका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्त, आइएफआरएस परामर्शदाता जगदीश भट्टराई र कर्पोरेट फ्रडका अन्तराष्ट्रिय बिज्ञ एन. श्रीनिभासनले विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा आफ्नो धारणा प्रस्तुत गर्दै कर्पोरेट फ्रडका अन्तराष्ट्रिय बिज्ञ एन श्रीनिभासनले विभिन्न मुलुकमा भएका कर्पोरेट फ्रडका बारेमा प्रकाश पारेका थिए भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त सुर्यनाथ उपाध्यायले बिगतमा हुने गरेका कर्पोरेट फ्रड र आजकल हुने गरेका कर्पोरेट फ्रडका बारेमा प्रकाश पारेका थिए । यस्तै नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर युवराज खतिवडाले कर्पोरेट फ्रडमा नियमनकारी निकायको भूमिकाका बारेमा समेत प्रकाश पारेका थिए । साथै उनले देशमा विभिन्नखाले नियमनकारी निकाय भएकाले एउटा नियमनकारी निकायले अर्को नियमनकारी निकायलाई साथ र सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बैंक अफ काठमाडौँका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तले पछिल्लो समय भएका विभिन्न कर्पोरेट फ्रडका बारेमा प्रकाश पारेका थिए भने जगदीश भट्टराइले कर्पोरेट फ्रडमा लेखापालको भूमिकाका बारेमा प्रकाश पारेका थिए । करिव २०० बढीको सहभागीता राखेको उक्त कार्यक्रममा एसीसीएका लागि नेपाल प्रमुख रविन कटवालले दर्शकदीर्घाबाट आएका विभिन्न प्रश्नहरुलाई संयोजन गर्ने काम गरेका थिए । कार्यक्रममा उपस्थितहरुले विभिन्न संस्थाले बनाउने दुइखाले वित्तीय प्रतिवेदन, कर्पोरेट फ्रडमा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, आन्तरिक राजश्व विभाग, र नेपाल राष्ट्र बैंकको भूमिकाका बारेमा सोधेका थिए । कार्यक्रममा वक्ताको रुपमा उपस्थितहरुले दर्शकदीर्घाबाट आएका उक्त प्रश्नहरुको उत्तर दिंदै नेपालमा कर्पोरेट फ्रड निम्तनुमा विभिन्न नियमनकारी निकायको समेत कमजोरी रहेको स्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...