प्रदेशसभातर्फ समानुपातिकको सीट बाँडफाँट, एमाले पहिलो दल बन्यो, हेर्नुहोस कसको कति सिट बिवरण सहित



हाम्रो इकोनोमि

निर्वाचन आयोगले प्रदेसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचनको नतिजा सार्वजनिक गरेको छ । आयोगले शुक्रवार पत्रकार सम्मेलन गरी ७ वटै प्रदेशको समानुपातिकर्फको नतिजा सार्वजनिक गरेको हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार समानुपातिकतर्फ प्रदेश नम्बर २ बाहेक अन्य सबै ६ प्रदेशमा नेकपा एमाले पहिलो दल बनेको छ ।

प्रदेश १ मा नेकपा एमालेले १५, कांग्रेसले १३ र माओवादीले ५, संघीय समाजवादी फोरमले ३, राप्रपाले १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले १ सीट पाएका छन् ।

प्रदेश नम्बर २ मा कांग्रेस ११ सीट ल्याउँदै समानुपातिकतर्फ पहिलो दल बनेको छ । प्रदेश २ मा कांग्रेस पछि राष्ट्रिय जनता पार्टी (राजपा)ले  १०, संघीय समाजवादी फोरमले ९, एमालेले ७, माओवादी केन्द्रले ५ र  नेपाल संघीय समाजवादी पार्टीले १ सीट पाएको छ ।
प्रदेश नम्बर ३ मा एमालेले, १६ कांग्रेसले १४, माओवादीले ८, विवेकशील साझा पार्टीले ३ सीट पाएको छ । यस्तै नेपाल मजदुर किसान पार्टीले १, राप्रपाले १, राप्रपा प्रजातान्त्रिकले १ सीट पाएका छन् ।

प्रदेश नम्बर ४ मा एमालेले १०, कांग्रेसले ९, माओवादीले ३, राष्ट्रिय जनमोर्चाले १ र नयाँ शक्ति नेपालले १ सीट पाएको छ ।

प्रदेश नम्बर ५ बाट एमालेले १३, कांग्रेसले १२, माओवादीले ६, संघीय समाजवादी फोरमले २, राजपाले १ र  राष्ट्रिय जनमोर्चाले १ सीट पाएको छ ।

प्रदेश नम्बर ६ मा एमालेले ६, कांग्रेसले ५, माओवादीले ४ र राप्रपाले १ सीट पाएको छ ।

प्रदेश नम्बर ७ मा नेकपा एमाले र नेपाली कांग्रेसले बराबरी ८–८ सीट पाएका छन् । माओवादीले ४ सीट पाउँदा प्रदेश नम्बर ७ मा राजपाले १ सीट प्राप्त गरेको छ ।

प्रदेशसभाको समानुपातिकतर्फका कूल २२० सीटमध्ये सबैभन्दा बढी एमालेले ७५ सीट प्राप्त गरेको छ । नेपाली कांग्रेसले ७२ सीट प्राप्त गरेको छ भने नेकपा माओवादी केन्द्रले ३५ सीट प्राप्त गरेको छ ।

यस्तै संघीय समाजवादी फोरमले १३ र राजपाले १२ सीट पाएको छ । विवेकशील साझा र राष्ट्रिय प्रजातन्त्र पार्टीले समान ३–३ सीट पाएका छन् । अन्य साना दल नयाँ शक्ति नेपाल, राष्ट्रिय जनमोर्चा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले समान १–१ सीट पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...