कुनै अवरोध नभए तिन हप्ता भित्र नयाँ सरकार बन्छ महरा



माओवादी केन्द्रका नेता तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराले अब कुनै पनि अवरोध नभए तीन हप्ताभित्र नयाँ सरकार गठन हुने बताएका छन्।

शुक्रबार घोराहीमा प्रेस सेन्टर र प्रेस चौतारी दाङले सयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाटमा दाङ क्षेत्र नं। २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महराले पहिले सरकार गठन वा राष्ट्रियसभा गठनमा केही विवाद रहेको र यो विवाद पनि केही दिनमै समाधान हुने र नयाँ सरकार गठन हुने बताए। उपप्रधानमन्त्री महराले राष्ट्रियसभा नभए सरकार बन्दैन भन्ने र त्यसमा एकल संक्रमणीय वा बहुमतीय हुने भन्ने विषयमा केही समस्या उत्पन्न भएकाले त्यो समस्या पनि केही समयमा हटेर जाने र नयाँ सरकार गठन हुने बताए।

त्यस्तै, प्रदेशका सदरमुकाम तोक्ने विषयमा पनि प्रदेश नं. ४ बाहेक अरु सबै प्रदेशमा विवाद भएको उनले बताए। प्रेस सेन्टरका अध्यक्ष डिल्ली मल्लको अध्यक्षतामा भएको कार्यक्रममा महराले दाङको सन्दर्भमा भने प्रदेश नम्बर ५ को राजधानी बन्ने आधार बलियो भएको बताए। सुरक्षा, विकास लगायतका आधारमा दाङ राजधानीका लागि बलियो भएको उनको दाबी छ । ‘विशेष गरी दाङ सुरक्षाको हिसाबले प्रदेश नं। ५ को राजधानी बन्ने आधारमा बलियो छ’, उनले भने, ‘यहाँ राजधानी बन्ने सम्भावना धेरै छ, यो हाम्रो दाबी पनि हो ।’

माओवादी र एमाले पार्टी एकीकरणको प्रसंगमा नेता महराले पहल द्रुतरुपमा अघि बढिरहेको बताए। माओवादी केन्द्रको बैठकले पार्टी एकताको आधिकारिक निर्णय गरिसकेको र एमालेले पनि आजै आधिकारिक निर्णय गर्ने भन्दै उनले ठूला विषय आगामी महाघिवेशनबाट टुंगो लगाउने गरी छिट्टै पार्टी एकताको काम हुने बताए।

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्