चितवन पुगेर प्रचण्डले गरे यस्तो खुलासा, यस्तो रहेछ प्रचण्ड र ओलीको भित्रि कुरा



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ गठन हुने सरकारको नेतृत्व आलोपालो गर्ने सहमती भएको खुलासा गरेका छन् ।

आज प्रेस सेन्टर चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समितिले सरकार गठनको विषयमा अन्तिम टुंगो लगाउने भएपनि सरकारको नेतृत्व भने आलोपालो गर्ने सैद्वान्तिक सहमति भएको स्पष्ट पारे ।

उनले भने, ‘सम्भवत भोली एकता संयोजन समितिको बैठक बसेर टुंगो लगाउँछौ, ओली र म बीच आलोपालो प्रधानमन्त्री बन्ने सैद्धान्तिक सहमति भएको हो ।’

अध्यक्ष दाहालले भोली नै काठमाडौं फर्किएर सरकार निर्माणको विषयमा वामगठबन्धनभित्र लचिलो भएर अन्तिम निर्णय समेत गरिने बताए । आज पाँच दलबीच भएको छलफलमा कुनै निश्कर्ष ननिस्किए पनि यस्तो बैठक बस्न आवश्यक रहेको भन्दै अन्तिम टुंगोमा पुग्न सबै दल लचिलो बन्नुपर्ने बताए ।

यस्तै अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै शीर्ष नेतालाई फोन गरेपछि आज पाँच दलको बैठक बस्नु संयोग मात्रै भएको भन्दै बैठक बस्ने कुरा यसअघि नै भएको स्पष्ट पारे ।

प्रचण्डले एमाले अध्यक्ष ओली र म बीच बिहीबार राति ६ घण्टा कुरा गरेको भनेर मिडियामा आएको समाचार तथ्य नभएको समेत प्रष्ट पारे । अध्यक्ष प्रचण्ड बु्टवलमा भोली हुने एक कार्यक्रमका लागि आजै चितवन आइपुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्