टुरिजम डेभलपमेन्ट बैंकले पायो एकैदिन दुई अवार्ड



हाम्रो इकोनोमि

टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले एकैसाथ दुई वटा अवार्ड प्राप्त गरेको छ । बैंकले वल्र्ड एचआरडी कंग्रेस, इम्प्लोयर ब्राण्डिङ्ग इन्सिटियूट, सीएमओ एवं स्टार्स अफ द इन्डष्ट्री ग्रुपले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा विकास बैंक समूहबाट एक्सिलेन्स एण्ड लिडरसिप अवार्ड २०१७ र बेष्ट इम्प्लोयर ब्राण्ड अवार्ड २०१७ पाएको हो ।

अर्थ राज्यमन्त्री उदय शमशेर जबराले टुरिजम डेभलपमेन्ट बैंकलाई सो अवार्ड हस्तान्तरण गरे । विजेताहरुको छनौट सहभागी संस्थाहरुको उद्देश्य तथा कार्य सम्पादनको आधारमा गरिएको थियो । यस सम्मानबाट बैंकलाई हौसला प्राप्त हुनुका साथै भविष्यमा अझ राम्रो गर्नलाई थप प्रेरणा मिलेको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...