टुरिजम डेभलपमेन्ट बैंकले पायो एकैदिन दुई अवार्ड



हाम्रो इकोनोमि

टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले एकैसाथ दुई वटा अवार्ड प्राप्त गरेको छ । बैंकले वल्र्ड एचआरडी कंग्रेस, इम्प्लोयर ब्राण्डिङ्ग इन्सिटियूट, सीएमओ एवं स्टार्स अफ द इन्डष्ट्री ग्रुपले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा विकास बैंक समूहबाट एक्सिलेन्स एण्ड लिडरसिप अवार्ड २०१७ र बेष्ट इम्प्लोयर ब्राण्ड अवार्ड २०१७ पाएको हो ।

अर्थ राज्यमन्त्री उदय शमशेर जबराले टुरिजम डेभलपमेन्ट बैंकलाई सो अवार्ड हस्तान्तरण गरे । विजेताहरुको छनौट सहभागी संस्थाहरुको उद्देश्य तथा कार्य सम्पादनको आधारमा गरिएको थियो । यस सम्मानबाट बैंकलाई हौसला प्राप्त हुनुका साथै भविष्यमा अझ राम्रो गर्नलाई थप प्रेरणा मिलेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...