उखुको मूल्य निर्धारण गर्न माग



हाम्रो इकोनोमि

किसानले तत्काल उखुको मूल्य निर्धारण गर्न माग गरेका छन् ।

उखुको याम शुरु भइसक्दा समेत सरकारले उखुको मूल्य निर्धारण गरेको छैन । सरकारले किसानको मागलाई ध्यानमा राखी न्यूनतम मूल्य प्रतिक्विन्टल रु ५६२ निर्धारण गर्नुपर्ने उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो ।

सरकारले गत वर्ष उखुको मूल्य प्रतिक्विन्टल ५३१ रुपैयाँ २० पैसा कायम गरेको थियो । नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम जिल्लामा यस वर्ष उखु उत्पादनमा कमी आएको छ । चिनी उद्योगले समयमै रकम भुक्तानी नगर्दा तथा उचित मूल्य नपाउँदा किसान उखुखेती छाडी वैकल्पिक खेतीतर्फ लागेका छन् ।

गत वर्ष करिब १८ लाख क्विन्टल उखु उत्पादन भएको यस क्षेत्रमा यस वर्ष करिब १५ लाख क्विन्टल मात्र उखु उत्पादन भएको उखु उत्पादक कृषक समितिका अध्यक्ष यादवले बताउनभयो । चिनी उद्योगले उखु किसानसँग उखु खरिद गरी एक वर्षपछि मात्र रकम भुक्तानी दिने र उचित मूल्यसमेत पाउन नसक्दा किसानले वर्षेनी क्रमशः उत्पादन घटाउँदै लगेका छन् ।

जिल्लामा सात हजार १४९ हेक्टरमा उखुखेती गरिँदै आएको छ । करिब १० हजार घरधुरी उखुखेतीमा संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...