सुत्केरीलाई सहयोगस्वरुप दश हजार दिने



म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गाउँसभाका महिला सदस्यहरु सुत्केरी भए सहयोगस्वरुप एकमुष्ट रु १० हजार दिने भएको छ ।

अन्नपूर्ण गाउँ कार्यपालिकाको हालै सम्पन्न बैठकले गाउँ सभाका सदस्य महिला सुत्केरी भए १० हजार दिने र गाउँपालिकाभित्रका अरु गर्भवती, सुत्केरी महिलाका साथै गरिब तथा विपन्नको उपचारमा सहज हुने गरी कोषको स्थापना गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जानकारी दिनुभयो ।

अध्यक्ष पुनका अनुसार गाउँपालिकाभित्र रहेका प्रत्येक वडामा रु एक–एक लाख बराबरको आपत्कालीन कोष स्थापना गरिएको छ । गाउँपालिकाको दुर्गम क्षेत्रमा रहेका महिलालाई गर्भवती अवस्थादेखि प्रसूतिसम्म आवश्यक पर्ने स्वास्थ्य सेवाका बारेमा समेत सचेत रहेको पुनले बताउनुभयो ।

जलविद्युत् र पर्यटनमा जिल्लामै अब्बल मानिएको गाउँपालिकाले आन्तरिक स्रोत व्यवस्थापनलाई समेत प्राथमिकता दिएको छ ।

प्रतिक्रिया दिनुहोस
माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको

एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण

    नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध

धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक दम्पतीको हत्या

    कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ । जिल्लाका लालझाडी गाउँपालिका १