जेरुसेलम विवादः युएनमा अमेरिकाको विपक्षमा नेपालको भोट



हाम्रो इकोनोमि

नेपालले संयुक्त राष्ट्रसंघीय महासभामा अमेरिकाको विपक्षमा मतदान गरेको छ। जेरुसेलमलाई इजरायलको राजधानी मान्ने अमेरिकाका घोषणा फिर्ता गर्नु पर्ने प्रस्तावका पक्षमा नेपालले मतदान गरेको हो।

केही दिनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएका थिए। विवादित जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएपछि त्यसको चर्को विरोध भएको थियो।

राष्ट्रसंघीय महासभाले अमेरिकालाई सो मान्यता फिर्ता लिन प्रस्ताव ल्याएको थियो।

अमेरिकाका सहयोगी राष्ट्रहरु फ्रान्स, बेलायत, जर्मनी र जापानले पनि राष्ट्रसंघको प्रस्तावको पक्षमा मतदान गरेका छन्।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले प्रस्तावको पक्षमा मतदान गर्ने राष्ट्रलाई आर्थिक सहायतामा कटौती गरिदिने चेतावनी दिएका थिए।

प्रस्तावको पक्षमा १२८ राष्ट्रले मत हाले भने विपक्षमा ९ राष्ट्र उभिए। क्यानडा, अष्ट्रेलियालगायत ३५ देश मतदानमा सहभागी भएनन्।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...