साताको अन्तिम दिन १२.३२ अंकले झरेर बन्द भयो सेयर बजार



हाम्रो इकोनोमि

साताको अन्तिम दिन शेयर बजार १२.३२ अंकले घटेर १४७२.१५ अंकमा ओर्लिएको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.७४ अंकले घटेर ३०९.९४ अंकमा झरेको छ।

यस साता कुनै पनि कारोबार दिन शेयर बजार बढेन। एक सातामा शेयर बजार ४८ अंकले घटेको छ। साताको पहिलो दिन १५२०.१५ अंकमा रहेको शेयर बजार अन्तिम दिन १४७२.१५ अंकमा ओर्लिएको छ।

बिहीबार १५३ कम्पनीका नौ लाख ९० हजार कित्ता शेयर ४७ करोड रुपैयाँमा खरिद बिक्री भयो। सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टड बैंकको तीन करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भयो।

कारोबारमा आएका उत्पादन मुलक समूह बाहेकको सबै उपसूचक घटेका छन्। उत्पादन मुलक समूह ०.५९ प्रतिशतले बढेको छ। बैंक ०.४८, ट्रेडिङ ०.४८, होटल ०.५२, विकास बैंक १.१४, जलबिद्युत १.१२, फाइनान्स ०.३७, बीमा १.०१, अन्य २.६५ र लघुवित्त १.१७ अंकले घटेको छ।

महुली सामुदायिक लघुबित्तका शेयरधनीले करिब सात प्रतिशत कमाएका छन्। बिजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले करिब ६ प्रतिशत गुमाए।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...