नेपाल अण्डामा आत्मनिर्भर, प्रतिवर्ष एक अर्ब ३० करोड ४५ लाख अण्डा उत्पादन



सरकारी घोषणा भएको तीन वर्षपछि नेपाल अण्डामा आत्मनिर्भर भएको छ । सरकारले पशु र पन्छीजन्य पदार्थबाट प्राप्त हुने मासु, अण्डा र दूधमा आत्मनिर्भर हुने योजना सार्वजनिक गरेको थियो ।

सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासमा उक्त घोषणा सफल भएपछि पशुपालन क्षेत्रमा युवाको सक्रिय सहभागिता रहने अण्डा उत्पादक संघले जनाएको छ ।

गत वर्ष कूल उत्पादन र देशको जनसङ्ख्याको हिसाब गर्दा नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ३३ वटा अण्डा उपलब्ध थियो । हाल सो उत्पादनमा झण्डै ४६ प्रतिशतभन्दा बढी उत्पादन गरी नेपाल अण्डा उत्पादनमा आत्मनिर्भर भएको हो । आजभन्दा दुई वर्षपहिले पशुपन्छी विकास मन्त्रालयले ४० बुँदे प्रतिबद्धतापत्रमा ‘किसानको साथी’ अभियानबाट देशको ७५ जिल्लाका किसानलाई लक्षित वर्गमा समावेश गराएपछि सो परिणाम प्राप्त भएको पशुपन्छी विकास मन्त्रालयको दाबी छ ।

गत तीन वर्षदेखि हाँस र कुखुराको अण्डामा लगातर उत्पादन वृद्धि भएको तथ्यांकमा उल्लेख छ । आव ०७०÷७१ मा हाँसको अण्डा एक करोड ३४ लाख तीन हजार ०७१/७२ मा एक करोड ३५ लाख ५४ हजार र ०७२/७३ मा एक करोड ३९ लाख ६ हजार अण्डा उत्पादन भएको थियो ।

त्यसैगरी कुखुराको अण्डा ०७०/७१ मा ८५ करोड ९५ लाख १५ हजार, ०७१/७२ मा ८६ करोड ५९ लाख ४७ हजार र ०७२/७३ मा एक अर्ब २९ करोड ४१ लाख ६६ हजार अण्डा उत्पादन भई नेपाल अण्डामा आत्मनिर्भर भएको अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले जानकारी दिनुभयो ।

हाल कुखुरा र हाँसको गरी प्रतिवर्ष एक अर्ब ३० करोड ४५ लाख ६२ हजार अण्डा उत्पादन हुन्छ । गत तीन वर्षपहिले ९० करोड अण्डा उत्पादन हुन्थ्यो । हाल बजारमा अण्डाको अभाव छैन । यद्यपि भारतको खुल्ला सिमानासँग जोडिएका तराईका २२ जिल्लामा भने भारतीय अण्डाको आयात रोकिएको छैन । नेपालमा अण्डा दिने कुखुराको सङ्ख्या एक करोड २३ लाख ५३ हजार ५१५ र हाँसको सङ्ख्या एक लाख ८० हजार ९२७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको

एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण

    नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध

धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक दम्पतीको हत्या

    कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ । जिल्लाका लालझाडी गाउँपालिका १