बृटिश उपप्रधानमन्त्री अनुसन्धानमा दोषी देखिएपछि राजिनामा



बेलायतका उपप्रधानमन्त्री डेमियन ग्रिनले आफ्नो पदबाट राजिनामा दिनुभएको छ । उहाँले एकजना सरकारी अधिकारीले गर्न नहुने गरी आचारसंहिताको उल्लङ्घन भएको भनी गरिएको छानबीनमा दोषी पाइएपछि राजिनामा दिनुभएको हो ।

ब्रिटेनका प्रधानमन्त्री टरिजा मेका निकटस्थ मानिनुहुने उपप्रधानमन्त्री डेमियनले दिनुभएको राजिनामापछि यहाँको राजिनामा फेरि अर्को एउटा दुर्घटना निम्तिएको विश्लेषण पनि गर्न थालिएको छ ।

उहाँलाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै केही वर्षयतादेखि अनुसन्धान गरिएको थियो । उहाँलाई सो अनुसन्धानले दोषी ठहरगर्दै बर्खास्त गर्नुपर्ने सुझाव दिएको थियो ।

सोही कारणले उहाँले राजिनामा दिनुभएको समाचारमा उल्लेख गरिएको छ । उहाँको राजिनामा प्रधानमन्त्री मेले बिहीबार स्वीकृत गर्नुभएको बताइएको छ ।

उहाँले आफ्नो राजनीतिक दलका एकजना सहकर्मी महिलालाई दुव्र्यवहार गरेको र अश्लिल दृश्यहरु कम्प्युटरमा पठाएको आरोप लागेको थियो । सन् २००८ मा भएको भनिएको यस घटनामा उहाँमाथि अनुसन्धकान भएको थियो ।
उहाँको कार्यालयको कम्प्युटरमा पाइएका यस्ता अश्लिल सामग्रीबाट नै यो प्रमाणित भएको बताइएको छ । तर उहाँले भने ती सामाग्रीबारेमा झुट्टो जानकारी दिएको एक अनुसन्धानको निष्कर्षमा देखिएको छ ।

ती सामाग्रहरुका अतिरिक्त उहाँले आफ्नै कन्जरभेटिभ दलकी एक जना महिलालाई पनि दुव्र्यवहार गरेको दाबी गरिएको थियो । त्यसबारेमा पनि उहाँमाथि अनुसन्धान भइरहेको थियो ।

उपप्रधानमन्त्री डेमियन प्रधानमन्त्री टरिजा मेका एक निकटस्थ राजनीतिज्ञ हुनुहुन्छ । उहाँहरुको मित्रता अक्सफोर्ड विश्वाविद्यालयमा सँगै अध्ययन गर्दादखि नै रहेको बताइन्छ ।

यतिखेर प्रधानमन्त्री मेले ब्रिटेन युरोपेली संघबाट बाहिरिने सहमति जुटाउनेलगायतका कैयौं चुनौतीका बारेमा विभिन्न कठिन वार्ताहरु गरिरहनुभएको छ । यसैबीचमा उहाँको राजिनामाले प्रधानमन्त्री मेलाई पनि समस्या पर्नसक्ने अनुमान गरिएको छ ।

तर यस विषयमा उहाँको भनाई भने केही आएको छैन । उता उपप्रधानमन्त्री डेमियनले पनि आफूले त्यस्तो कुनै गल्ती नगरेको बताउनुभएको छ ।

त्यस विषयमा आपूm दोषी नरहेको उहाँको दाबी छ । तर उहाँको यो राजिनामाले बेलायतको सरकारको वर्तमान स्थिरतामा भने कुनै चुनौती नदेखिएको अधिकारीहरुको भनाई छ ।

प्रधानमन्त्री मे पोल्याण्ड भ्रमणमा जाने

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार बृटिश प्रधानमन्त्री टिरिजा मे बिहीबार पोल्याण्डको भ्रमणमा जान लाग्नुभएको छ ।

उहाँ बिहीबार युरोपेली युनियनसँग सम्बन्धित विषयमा वार्ताका लागि त्यसतर्फ जान लाग्नुभएको समाचारमा जनाइएको छ ।

प्रधानमन्त्री मे पछिल्लो समयमा युरोपेली युनियनबाट बेलायत बाहिरिने विषयमा युरोपका विभिन्न देशसँग वार्ता गर्दै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
सुनको मूल्यले नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजार

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा

आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको