पार्टी एकता कसरी गर्ने भन्ने बिषयमा साझा धारणा बनाउन एमालेको स्थायी कमिटीको बैठक बस्दै,यस्तो छ एमालेको योजना



हाम्रो इकोनोमि

पार्टी एकता र नयाँ सरकारका विष्यमा एमालेले छलफल सुरु गरेको छ । निर्वाचनबाट पहिलो दल बनेको नेकपा एमालेको आज स्थायी समिति बैठक बस्दैछ । बैठकमा बर्तमान राजनितिक समस्याको समाधान, नयाँ सरकार गठन र माओवादी केन्द्रसँग पार्टी एकता गर्ने बारे छलफल हुनेछ । एमाले नेता सुवास नेम्वाङका अनुसार पार्टी एकता सँगै सरकारको नेतृत्व र पद तथा जिम्मेवारी बाँडफाँडको विषयमा छलफल हुनेछ ।

बर्तमान सरकारले राष्ट्रियसभा निर्वाचन सम्बन्धी विधेयक अध्यादेश मार्फत ल्याउन लागेको विषयमा समेत एमालेले आफ्नो धारणा बनाउने छ ।

सीआईएनसँग कुरा गर्दै नेम्वाङले अध्यादेशको विषय राजनितिक विषय भएकाले छलफल बाटै एमालेले समाधान खोजेको बताउनुभयो । उहाँले सरकारले छलफलका लागि चासो नदिनु दुखद् भएको बताउनुभयो । सरकारले छलफल नगरे प्रमूख दलको हैसियतमा एमाले नै छलफलका लागि अग्रसर हुने पूर्व सभामुख नेम्वाङको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...

जनार्दनलाई आफ्नै जिल्लामा कालो झण्डा

    नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि...

निजी क्षेत्रमाथि आक्रमण ठिक होइन : अर्थमन्त्री

    अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि आक्रमण ठिक नभएको बताएका छन् ।...

युवा संघले ५० हजार भन्दा बढी युवा उतार्ने

  नेकपा एमालेको ११ औँ महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा...