आज प्रदेश सभाको समानुपातिक सिट बाँडफाँट हुदै, सातै प्रदेशमा कुन दलले कति सीट पाउछन्, यस्तो निस्कियो हिसाब



हाम्रो इकोनोमि

निर्वाचन आयोगगले प्रदेश सभा सदस्य निर्वाचनतर्फ समानुपातिकतको सिट बाँडफाँट आज गर्ने भएको छ। बिहीबार अबेरसम्म भए पनि सिट बाँडफाँट सक्ने आयोगको तयारी छ। बिहीबार समय अभावमा सिट बाँडफाँट नभएमा शुक्रबार बाँडफाँट हुनेछ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन क्षेत्रबाट प्रारम्भिक रुपमा प्राप्त भएको तथ्याङ्क प्रशोधन भइरहेको बताए। ढकालले तथ्याङ्क पुनः परीक्षण सकेर आजै सिट बाँडफाँटको तयारी रहेको पनि बताए।

उनले भने ‘तथ्याङ्क प्रशोधनको काम भइरहेको छ। आज रातिसम्म प्रदेशतर्फको सिट बाँडफाँट हुन्छ।’

कूल एक करोड ५ लाख ८७ हजार ५२१ मत खसकोमा प्रदेशतर्फ ९० लाख १९ हजार ३३० मतमात्र सदर भएको छ। १५ लाख ६८ हजार १९१ मत बदर भएको छ। बदर मत १४ दशमलव ८१ प्रतिशत हो।

कहाँ कति मत?
प्रदेश नम्बर १ मा १७ लाख ३६ हजार ६२२ मत सदर भएको छ। यस्तै, प्रदेश २ मा १५ लाख ३७ हजार १७१ मत सदर भएको छ। प्रदेश ३ को समानुपातिकतर्फ १८ लाख ९१ हजार ३०६ मत सदर भएको छ।

प्रदेश ४ मा ९ लाख ५६ हजार ८१९, प्रदेश ५ मा १६ लाख १२ हजार १८०, प्रदेश ६ मा ४ लाख ९४ हजार १६२ र प्रदेश ७ मा ७ लाख ९१ हजार ७० मत सदर भएको छ।

कसको कति सिट?
प्रदेश १ मा समानुपातिक तर्फ एमालेले सबैभन्दा बढी सिट पाउने देखिन्छ। प्रदेश १ को मतपरिणाम अनुसार एमालेले समानुपातिकमा १५ सिट पाउने देखिन्छ। उसले ६ लाख ७३ हजार ७०९ मत पाएको छ।

यस्तै कांग्रेसले १३, माओवादी केन्द्रले ५ सिट पाउने देखिन्छ। संघीय समाजवादी फोरम २, राप्रपा १ एक सिट समानुपातिकमा पाउनेछन्।

यस्तै, प्रदेश २ को समानुपातिकमा सबैभन्दा बढी कांग्रेसले ११ सिट पाउनेछ। राजपाले १०, संघीय समाजवादी फोरमले ९, एमालेले ७, माओवादी केन्द्रले ५ र नेपाल संघीय सजाजवादी पार्टीले १ सिट पाउनेछ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि एक सिट पाउनेछ।

प्रदेश ३ मा सबैभन्दा बढी सिट एमालेले पाउनेछ। एमालेले प्रदेश ३ मा १६ सिट पाउनेछ। यस्तै, कांग्रेसले १४, माओवादी केन्द्रले ८, विवेकशील साझाले ३, राप्रपाले १, राप्रपा प्रजातान्त्रिक १, र नेमकिपाले १ सिट पाउनेछन्।

प्रदेश ४ मा पनि एमालेले नै सबैभन्दा बढी सिट पाउनेछ। प्रदेश ४ मा एमालेले १० सिट, कांग्रेस ९, माअोवादी केन्द्र ३, नयाँ शक्तिले १ सिट पाउने सम्भावना छ।

यस्तै, प्रदेश ५ मा एमालेले १३, कांग्रेसले १२, माओवादी केन्द्रले ६, र संघीय समाजवादी फोरमले २ सिट पाउने देखिन्छ।

यस्तै, प्रदेश ६ मा एमाले ६, कांग्रेसले ५ र माओवादी केन्द्रले ४ सिट पाउनेछन्। प्रदेश ७ मा कांग्रेसले ८, एमालेले ८, माओवादी केन्द्रले ४ र रापजाले एक सिट पाउने मतपरिणामले देखाउँछ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...