एक्लो छोरो गुमाए पछी प्रचण्ड पत्नी सीता अझै सम्हालिन सकिनन्,सीतालाई भुलाउन प्रचण्डले यसरी गर्दैछन ‘प्यार’



हाम्रो इकोनोमि

एकमात्र छोरा प्रकाशको निधनका कारण माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अझै पूर्णरुपमा सम्हालिन सकेकी छैनन्।

उनलाई पूर्ववत स्थितिमा ल्याउन प्रचण्डले हर कोशिष गरिरहेका छन्। सम्हालिन नसकेकी सीतालाई उनले पहिलेभन्दा बढि स्नेह दिएका छन्, माया दर्शाएका छन्।

चुनावी अभियानमै रहँदा ३ कार्तिकमा प्रकाशको निधन भयो। चुनावका कारण प्रचण्डले सीतालाई घुमाउन त लैजान पाएनन्। तर चुनाव अवधिभर उनको साथ छाडेनन्।

चुनाव सकिएलगत्तै चितवनको पर्यटकीय स्थल पटिहानी पुर्याए। काठमाडौं फर्केपछि पनि उनले बुधबार सीतालाई घुमाउन काभ्रेको धुलिखेल पुर्‍याए।

चुनावपछि जे जस्तो राजनीतिक परिस्थिति सिर्जना हुँदैछ, खासमा यो प्रचण्डका लागि घुमिहिँड्ने समय होइन र अरुबेला घुमफिरमा रुचि भएपनि राजनीतिक गतिरोध बढ्दा यसरी घुमफिर गरी हिँड्ने प्रचण्डको स्वभाव पनि होइन। तर पारिवारिक परिस्थितिका कारण उनी कहिले पटिहानी पुगेका छन् त कहिले धुलिखेल।

बुधबार काठमाडौंमा वामगठबन्धनको तर्फबाट विजयी प्रतिनिधिहरुलाई बधाई दिने कार्यक्रम भएपनि विह्वल सीताको मन भुलाउनका लागि उनी धुलिखेल पुगे। र, पत्नी सीतालाई त्यहाँको भट्टे डाँडास्थित स्याउ बगैंचा घुमाए। बगैंचामा बसेर उनले पत्नी सीतासँग फोटो पनि खिचाए। फोटोले देखाउँछ– सीता अझै सम्हालिएकी छैनन्।सीताको विह्वलपना मात्र होइन, सीताप्रतिको प्रचण्डको अपूर्व प्रेमपनि यो फोटोले देखाउँछ। प्रचण्ड–सीताका साथमा सुरक्षाका लागि खटिएका एकजना प्रहरी छन्, साथै जेठी छोरी गंगा केसीतर्फकी जेठी नातिनी सृष्टि दाहाल केसी पनि छिन्।

सीताप्रतिको माया प्रदर्शनका लागि नै होला, सीताको दुवै काँधमा आफ्ना दुई हात राखेर प्रचण्डले फोटो खिचाएका छन्।

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य परीक्षण रिपोर्टपछि ओली अस्पतालमा भर्ना

    पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण...

ओली पक्राउको विरोधमा एमाले सडकमा

    एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघीय राजधानी काठमाडौंमा प्रदर्शन...

सरकारले प्रतिशोधी निर्णय गर्‍यो : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले संयमताका साथ अगाडि बढ्नुपर्ने सरकारले हतारमा...

पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले रुचाउँदैन : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको...