हवाई कारबाहीमा एकजना कमाण्डरसहित सात आइएस मारिए



हाम्रो इकोनोमि

अफगानिस्तानको गजनी प्रान्तमा अफगानिस्ताको हवाई सेनाले बुधबार गरेको हवाई कारबाहीमा परी स्थानीय आइएस समूहका एकजना कमाण्डरसहित सात जनाको ज्यान गएको समाचार छ ।

उक्त क्षेत्रमा गुडिरहेको एक सवारी साधनलाई लक्षित गरेर सो कारबाही भएको एक स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

आइएसको आतङ्ककारी समूहलाई लक्ष्यगरी अफगान हवाई सुरक्षाबले बुधबार दिउँसो कारबाही गरेको थियो । यस कारबाहीमा परी आइएसका एकजना कमाण्डर नै मारिएका छन् ।

हवाई कारबाहीमा आतङ्ककारीको सवारी साधन भने पूर्णरुपमा ध्वस्त भएको अफगान सरकारी स्रोतले जनाएको छ । सो क्षेत्रमा आइएसका क्रियाकलापहरु बढेको भन्ने सूचनाका आधारमा सो कारबाही गरिएको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
डोनाल्ड ट्रम्प र सी जिनपिङबीच भेटवार्ता हुँदै

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज दक्षिण...

बंगालको खाडीमा सक्रिय भयो ‘मोन्था’ चक्रवात

    भारतीय मौसम विभागले बंगालको खाडीमा सक्रिय चक्रवात ‘मोन्था’ आज (मंगलबार) अधिक...

विपिन जोशी जीवित रहेको इजरायलको विश्वास

    हमासद्वारा बन्धक बनाइएका बन्दीहरूमध्ये नेपालका विपिन जोशीसहित २२ बन्धकहरू जीवितै रहेको...

अमेरिकाले ७ नेपालीलाई देशनिकाला गर्‍यो

    यौनदुराचार लगायतका आपराधिक क्रियाकलापमा संलग्न भएको अभियोगमा दोषी ठहर ७ जना...