जिते पछी आफुहरु उन्मत्त भैरब नबन्ने भन्दै माधब नेपालले देउवालाई भने- ‘कुर्सी छोड्नुहोस् ख्याल गर्नुस् जनताले हिसाबकिताब गर्नेछन्।’



हाम्रो इकोनोमि

नेकपा एमालेका नेता माधवकुमार नेपालले जितेपछि पनि आफूहरु उन्मत्त नहुने वाचा गरेका छन्। आफूहरुले संयमता अपनाउने बताउँदै उनले प्रतिपक्षलाई नआत्तिन पनि आग्रह गरेका छन्।

प्रदेश र प्रतिनिधिसभामा विजयीहरुलाई धन्यवाद ज्ञापन गर्न राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेता नेपालले भने, ‘हामी जीतले उन्मत्त हुन्नौँ, प्रतिपक्षका साथीहरु नआत्तिनुहोला।’

उनले वाम गठबन्धन चुनावी तालमेलमा मात्र सीमित नरहने बताउँदै एउटै कम्युनिष्ट पार्टी गठन गरिछाड्ने वाचा पनि गरे। ‘हामी एउटै कम्युनिस्ट पार्टी निर्माण गर्नेछौँ। जनताको चाहना र समयको माग पनि त्यही हो,’ उनले भने।
निर्वाचन परिणाममा आफू पराजित भइसकेपछि प्रधानमन्त्री राजीनामा गरेर मार्गप्रशस्त नगरेकोमा नेता नेपालले आश्चर्य प्रकट गरे।
‘यत्रो निर्वाचन परिणाम देखेपछि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने हो। लोकतन्त्र भन्ने तर लोकतान्त्रिक संस्कार र आचरण नदेखाउने चरित्र कांग्रेसमा देखिएको छ,’ उनले भने, ‘एकदिनमात्र भए पनि कुर्सीमा टाँसिन पाए हुन्थ्यो भन्ने लाग्छ भने ख्याल गर्नुस् जनताले हिसाबकिताब गर्नेछन्।’

प्रतिक्रिया दिनुहोस
ओली पक्राउको विरोधमा एमाले सडकमा

    एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघीय राजधानी काठमाडौंमा प्रदर्शन...

सरकारले प्रतिशोधी निर्णय गर्‍यो : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले संयमताका साथ अगाडि बढ्नुपर्ने सरकारले हतारमा...

पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले रुचाउँदैन : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको...

स्वास्थ्य परीक्षण गर्न ओलीलाई टिचिङ अस्पताल लगियो

     नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षण गर्न...