देउवाले प्रचण्डलाई प्रधानमंत्रीको जाल फ्याके पछी ओलीले उपेन्द्र यादवलाई आत्तिदै किन बोलाए काठमाडौँ?



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादववीच आज फोनवार्ता भएको छ ।
बुधबार दुई नेताहरुवीच टेलिफोनमा वार्ता भएको स्रोतको दाबी छ। एमाले अध्यक्ष ओलीले यादवलाई फोन गरेर तुरुन्त काठमाडौं बोलाएका हुन् । यी दुई नेताहरुवीचको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सरकार निर्माण गर्ने तयारीमा जुटेका अध्यक्ष ओलीले यादवलाई काठमाडौं बोलाएर नयाँ सरकारको स्टेकहोल्डर बनाउने तयारी गर्ने स्रोतको दाबी छ । वाम गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका नेताहरुसँग पार्टी एकता र सरकार गठनबारे छलफल चलिरहेको बेला अहिले प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्ने भन्नेमा पनि विवाद रहेको बुझिएको छ । प्रचण्डलाई देउवाले प्रधानमन्त्री बन्न प्रस्ताब गरिसकेका छन्।

यसै सन्दर्भमा ओलीले माओवादीलाई बाहिर राखेर फोरम नेपालसँग सरकारमा सहकार्य गर्ने तयारी गरेको त होईन भन्ने अहिले प्रश्न उब्जिएको छ ।
फोन वार्ताको क्रममा अध्यक्ष यादवले आफू काठमाडौं छिट्टै आउने र भेट्ने वचन अध्यक्ष ओलीलाई दिएको स्रोतको दाबी छ ।

प्रदेश २ मा वाम गठबन्धन भन्दा राजपा र संघीय समाजवादी फोरमले सरकार बनाउने सम्भावना बढी छ । प्रदेश नम्बर २ का ६४ सिटमा फोरम र राजपाले २० र १५ सिट जितेका छन्। समानुपातिकमा राजपा दोस्रो भएको छ भने फोरम तेस्रो स्थानमा छ। प्रतिनिधि सभामा राजपा ११ सिट जितेको छ भने फोरम १० सिटमा विजयी भएको छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...