सिलवाललाई भात खान आग्रह गर्दै बालकोटमा केपी ओलीले भने– म प्रधानमन्त्री, नवराज सिलवाल गृहमन्त्री !



हाम्रो इकोनोमि

अदालतमा किर्ते गरेको अभियोगमा मुद्दा चल्दै थियो । नवराज सिलवाल स्थानीय निकायको निर्वाचनको केही समयअघि एमाले अध्यक्ष केपी ओली भेट्न उनकै निवास बालकोट पुगे । ओलीको कुरा सुनेर सिलवाल चकित भए । ‘भात खान छाड्नुभयो कि के हो ? निकै दुब्लो पातलो देख्छु त ?’, ओलीले कुराको सुरुआतै यसरी गरे । सिलवालले प्रहरी पोशाकमा भन्दा सादा पोशाकमा मानिसलाई दुब्लो देखिने जवाफ दिए ।

ओलीले राज्यले अन्याय गरे पनि नआत्तिन भन्दै सिलवाललाई ढाडस दिए । व्यवस्था परिवर्तनको आन्दोलनमा लाग्दा आफूले १४ वर्षसम्म कठोर जेल सजाय भोगेको देखि दुवै किड्नी ड्यामेज भएर अरुकै किड्नी राखेर बाँचिरहेको भन्दै सिलवाललाई सान्त्वना दिए । ‘१४ वर्ष जेलको कठोर यातना सहें, किड्नी ड्यामेज भयो । अर्कैको किड्नी राखेर बाँचिरहेको छु’, ओलीले भने, ‘अझै त देशका लागि केही गरौंला भन्ने सोच छ भने तपाईं किन आत्तिनु हुन्छ ?’ ओलीका कुरा सुनेर सिलवाल एकाएक ‘कन्भिन्स’ भएको समाचार काठमाडौँ टुडेले लेखेको छ ।

प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतमा आफ्ना पक्षमा विशेष समय लिएरै संसदमा कुरा उठाएपछि सिलवाल ओलीप्रति धेरै नै नतमस्तक बनेका थिए । त्यही कारण अभिभावकजस्तो लागेर उनी भेट्न गएका थिए । ओलीले कुरा गर्दै जाँदा फ्याट्ट भने, ‘अब मंसिरमा केपी ओली प्रधानमन्त्री नवराज सिलवाल गृहमन्त्री ।’ कुरा सुन्दै अचम्म । प्रहरीको महानिरीक्षक हुन नसकेर रोइकराई गरेर हिंडेको मानिस ५/७ महिनापछि देशकै गृहमन्त्री कसरी सम्भव होला र ? सिलवाल खिस्स हाँसे मात्र । नभन्दै मंसिरमा चुनाव भयो । एमाले पहिलो पार्टी पनि बन्यो । ओली प्रधानमन्त्री पनि बन्ने भए । सिलवाल सांसद बने । मन्त्री बन्नका लागि सांसद पद पर्याप्त हो । तर, बाम गठबन्धनको सरकारमा गृह मन्त्रालय माओवादी केन्द्रको भागमा परेको छ । गृहमन्त्री को बन्छन हेर्न बाकी छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...