लक्ष्मी ग्रुपले बिन्ध्यवासिनी मन्दिरमा लिफ्ट निर्र्माण गर्ने



हाम्रो इकोनोमि

उद्योग व्यवसायका क्षेत्रमा क्रियाशील जिल्लाको प्रतिष्ठित औद्योगिक प्रतिष्ठान लक्ष्मी ग्रुपले पोखराको बिन्ध्यवासिनी मन्दिरमा वृद्धवृद्धा एवम् अशक्तलाई लक्षित गरी लिफ्ट निर्माण गरिदिने भएको छ ।

लक्ष्मी ग्रुप ४५ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले करिब रु ८० लाखको लागतमा लिफ्ट निर्माण गर्न लागेको बताउनुभयो ।

कार्यक्रममा लक्ष्मी ग्रुपका तर्फबाट कार्यकारी निर्देशक सुनिल श्रेष्ठ र बिन्ध्यवासिनी क्षेत्र विकास समितिका उपाध्यक्ष पवित्रराज रेग्मीले लिफ्ट निर्माणसम्बन्धी सम्झौतामा संयुक्त हस्ताक्षर गर्नुभएको थियो ।

सोही अवसरमा पोखरेली युवा सांस्कृतिक परिवारलाई समता सांगीतिक कार्यक्रम सञ्चालनार्थ उक्त संस्थाले रु दुई लाख ५० हजार सहयोग उपलब्ध गराउने पनि जानकारी दिइएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठ, बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठ लगायतले लक्ष्मी ग्रुपले उद्योग व्यवसाय सञ्चालनका साथै सामाजिक सहयोगका क्षेत्रमा देखाएको तत्परता प्रशंसायोग्य भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...