बंगलादेशमा अध्ययनरत नेपाली छात्रा मृत अवस्थामा फेला



हाम्रो इकोनोमि

बंगलादेशको राजधानी ढाकामा डेन्टल विषय अध्ययनरत नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छिन्। ढाकाको भतरा भन्ने स्थानमा रहेको होस्टलमा विनिशा शाहको शव फेला परेको हो।

प्रहरीका अनुसार उनले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ। उनी पायोनियर डेन्टल कलेजमा अध्ययनरत थिइन्। मंगलबार अन्तरिक परीक्षा दिएर फर्केकी उनी झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। विनिशा अहिले बिडिएस तेस्रो वर्षमा अध्ययनरत थिइन्।

भतरा प्रहरी कार्यालयका इन्चार्ज कामरुजमानका अनुसार घटना मंगलबार दिउँसो २ बजेतिरको हो। ‘नेपालको विराटनगर भन्ने ठाँउकी विद्यार्थी हुन् विनिशा ,’ उनले भने, ‘दुई वर्षअघि डेन्टल पढ्न बंगलादेश आएकी थिइन्। हामी मृत्युको कारण खोजिरहेका छौं।’

विनिशा सँगै कोठामा बस्ने रोक्साका अनुसार विनिशा परीक्षा सकिनुभन्दा आधा घन्टाअगाडि परीक्षा हलबाट निस्केकी थिइन्।

‘जब म होस्टालमा फर्केँ ढोकामा चुकुल लगाइएको थियो,’ रोक्साले भनिन्, ‘जति पटक ढोका ढकढक्याए पनि नखोलेपछि अर्को साँचोले ढोका खोलेँ। भित्र उनी झुन्डिएको देखेपछि अन्यत्र खबर गरेँ।’

रोक्साका अनुसार विनिशा तीन दिनपछि नेपाल जाने योजनामा थिइन्। ‘करिब पाँच महिनापछि उनी आफ्न आमाबुबालाई भेट्न जाँदै थिइन्। तर उनले त संसारै छाडिन्,’ रोक्साले भावुक हुँदै भनिन्।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...