अध्यादेश विवादमा ओली र प्रचण्डलाई राष्ट्रपतिले कांग्रेस संग कुरा गरेर आउन र समझदारी गर्न भन्दै फर्काईदिइन



राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेशमा राजनीतिक सहमती खोज्न नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षलाई आग्रह गरेकी छिन्।

अध्यादेश पारित नभएसम्म नेपाली कांग्रेसले सरकारबाट राजीनामा नदिने बताएपछि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार बिहानै राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए।

नयाँ सरकार गठनका लागि वर्तमान सरकारले राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश पारित गर्नुपर्ने बताउँदै आएको छ। निर्वाचनपछिको ठूलो दल बनेको एमालेले राष्ट्रियसभा गठनको विषयलाई लिएर नयाँ सरकार गठनमा सरकारले बखेडा झिक्न खोजेको आरोप लगाउँदै आएको छ।

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालसँगको भेटमा राष्ट्रपति भण्डारीले आपसी समझदारीबाट अघि बढ्न आग्रह गरेकी हुन्। विभिन्न राजनीतिक विवादलाई सहमतीबाट हल गरेका प्रमुख दलले अहिलेको विवाद पनि सहमतीका साथ टुंग्याउन सुझाव दिएको राष्ट्रपतिका मुख्य सचिव भेषराज अधिकारीले बताए।
सबै संवैधानिक अंगले तोकेको दायित्व पूरा गर्न सक्षम हुने बताउँदै राष्ट्रपतिले आफूलाई विवादमा पार्ने काम नगर्न सुझाव दिएको अधिकारीले बताए। अब बाम गठबन्धनले कांग्रेस संग छलफल गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार बिग

कार्बन उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्छ : प्रधानमन्त्री ओली

     प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई

ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै