खोलाको माछा मारेर कुमाल बस्तीको जीविकोपार्जन



हाम्रो इकोनोमि

पाल्पा बगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल बस्तीका बासिन्दा अझै पनि माछा मारेर जीविकोपार्जन गर्न बाध्य छन् ।

कुमाल समुदायको पुख्र्यौली पेसा रहेको माछा मार्ने र त्यही माछा बेचेर परिवारको गुजारा चलाउन अझै पनि बाध्य छन् ।

स्थानीय बासिन्दा सन्तबहादुर कुमालका अनुसार नजिकै रहेको तानसेन बजारमा समेत मजदुरी गरी जीविकोपार्जनका लागि जान बाध्य रहे पनि पछिल्ला वर्ष ज्याला मजदुरी गर्न पाइन छाडेको छ । “खोलामा माछा मार्ने सीप छ, अरु सीप नै छैन, कहिले दुई तीनसय कमाइ हुन्छ, कहिले कमाइ नै हँुदैन” कुमालले भन्नुभयो ।

सदरमुकाम तानसेनदेखि नजिकै रहे पनि शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत् तथा रोजगारका अवसरमा पहुँच बाहिर रहेको कुमाल बस्ती अझै पाँच घरपरिवार माडीको खोलामा माछा मारेर नै जीविकोपार्जन गर्न जुटेका छन् । दलबहादुर, सन्तबहादुर, गिरबहादुर, बङ्गले र सन्तबहादुरको परिवार खोलामा नै दिनभर माछा मार्नका लागि दिनभर नै बिताउँछन् ।

पछिल्ला वर्ष खोलामा पानीको सुकेपछि माछा हराउन थालेको र पहिलाजस्तो खोलामा माछा प्रशस्त पाइन छोडेकामा कुमाल समुदाय चिन्तित छ । कुमाल समुदायबाहेक अन्य समुदायसमेत फुर्सुदको समयमा माछा मार्दा विषादीको प्रयोग गरेकाले माछा हराउन थालेको दलबहादुर कुमालले बताउनुभयो ।

खोलामा पानीको सतह सकेर माछा पाइन छोडेपछि यहाँका कुमाल बस्तीको जीविकोपार्जनका लागि मुख्य पेशा संकटमा पर्ने खतरा बढेको हो । खोलामा माछा मार्दा प्रहरीले आफूहरुलाई लैजाने गरेको समेत दुखेसो उनीहरुको रहेको छ । विद्युतीय सहायतामा माछा मार्दा प्रहरीले पक्राउ गरेकोमा उनीहरु दुखित छन् ।

जिल्लाको रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली, माथागढी गाउँपालिका, रामपुर र तानसेन नगरपालिकालगायतका स्थानमा कुमाल समुदायको बाक्लो बस्ती रहेको छ । पछिल्लो जनगणना २०६८ सालका अनुसार पाल्पामा कुमाल समुदायका तीन हजार ६९५ गरी कुल जनसंख्या छ हजार ८०२ रहेको छ ।

स्थानीय बासिन्दा कान्छी कुमालले पहिला भोट माग्न घरमा आए पनि चुनाव जितेपछि गाउँमा कहिले पनि नआउने गरेको बताउनुभयो । चुनावमा भोट हालेपछि जित्नेहरु गाउँ नफर्किँदा कुमाल बस्तीमा नेतृत्व गर्ने मान्छेको अभावमा खानेपानीदेखि सडकसम्म आधारभूत विकास हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...