फिलिपिन्समा आँधी र पहिरोमा परी ४१ को मृत्यु



हाम्रो इकोनोमि

फिलिपिन्समा शनिबार शुरु भएको भीषण आँधीपछिको पहिरोमा परेका थप १० व्यक्तिको शव मङ्गलबार निकालेपछि यस प्रकोपमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४१ पुगेको छ ।

मध्य फिलिपिन्सको बिलिरन प्रान्तमा गएको पहिरोबाट थप १० व्यक्तिको शव निकालिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

बिलिरन प्रान्तको पहिरो प्रभावित क्षेत्रमा अझै पनि २३ व्यक्ति हराइरहेका सरकारका प्रवक्ताले सोमबार जानकारी दिएका छन् ।

‘काइ–ताक’ नामक आँधी र त्यसलगत्तैको भीषण पहिरोका कारण कम्तीमा ४१ व्यक्तिको मृत्यु भएको राष्ट्रिय प्रकोप नियन्त्रण विभागका अधिकारीले सोमबार नै जानकारी दिएको थियो ।

बिलिरन, लेएटे पूर्वीसमार र समार प्रान्त पहिरोबाट प्रभावित भएको बताइएको छ । फिलिपिन्सका केही प्रान्तमा गत शनिबारबाट शुरु भएको वर्षापछि बाढी र पहिरोले सताएको हो ।

शनिबारबाट शुरु भएको यस आँधीका कारण कैयौँ उडान र डुङ्गाबाट गरिने यात्रा पनि अवरुद्ध भएका छन् । मङ्गलबार पनि सबै उडान तथा समग्र यातायात सेवा नै प्रभावित भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...