फिलिपिन्समा आँधी र पहिरोमा परी ४१ को मृत्यु



फिलिपिन्समा शनिबार शुरु भएको भीषण आँधीपछिको पहिरोमा परेका थप १० व्यक्तिको शव मङ्गलबार निकालेपछि यस प्रकोपमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४१ पुगेको छ ।

मध्य फिलिपिन्सको बिलिरन प्रान्तमा गएको पहिरोबाट थप १० व्यक्तिको शव निकालिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

बिलिरन प्रान्तको पहिरो प्रभावित क्षेत्रमा अझै पनि २३ व्यक्ति हराइरहेका सरकारका प्रवक्ताले सोमबार जानकारी दिएका छन् ।

‘काइ–ताक’ नामक आँधी र त्यसलगत्तैको भीषण पहिरोका कारण कम्तीमा ४१ व्यक्तिको मृत्यु भएको राष्ट्रिय प्रकोप नियन्त्रण विभागका अधिकारीले सोमबार नै जानकारी दिएको थियो ।

बिलिरन, लेएटे पूर्वीसमार र समार प्रान्त पहिरोबाट प्रभावित भएको बताइएको छ । फिलिपिन्सका केही प्रान्तमा गत शनिबारबाट शुरु भएको वर्षापछि बाढी र पहिरोले सताएको हो ।

शनिबारबाट शुरु भएको यस आँधीका कारण कैयौँ उडान र डुङ्गाबाट गरिने यात्रा पनि अवरुद्ध भएका छन् । मङ्गलबार पनि सबै उडान तथा समग्र यातायात सेवा नै प्रभावित भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु

तिब्बतमा भूकम्पमा परेर मृत्यु हुनेको संख्या ५३ पुग्यो

  आजको तिब्बत केन्द्र बनाएर नेपाल, भारत, भुटान तथा बंगलादेशमा कम्प महसुस भएको

भूकम्पमा परेर तिब्बतमा ३६ जनाको मृत्यु

    आज बिहान तिब्बत केन्द्र बनाएर नेपाल, भारत तथा भुटानमा कम्प महसुस