प्रदेश नम्बर-३ बाट एमालेले यसरी बनाउदैछ फुलमतीलाई माननीय,को हुन् फुलमती चौधरी?



संबिधान जारी भए पछी संघात्मक ब्यबस्था अनुसार प्रतिनिधी सभा र प्रदेश सभाको चुनाब सकिएको छ र मत परिणामको अन्तिम नतिजा सार्बजनिक भएको छ। तीन नम्बर प्रदेशमा एमाले एक्लैको प्रत्यक्ष तर्फ बहुमत आएको छ भने समानुपातिकमा पनि उसको सोही प्रकारको नतिजा आएको छ। हो,त्यहि ३ नम्बर प्रदेशको प्रदेश सभाको समानुपातिक तर्फ एमालेको उम्मेदवार बन्नु भएकी फुलमती चौधरी प्रदेश सभा सदस्य हुने लगभग निश्चित जस्तै छ। १३ वर्षको उमेर देखी नै बर्गीय मुक्तीका लागी राजनीतिमा होमिनुभएकी चौधरीले अखिलको प्रारम्भिक कमिटिमा काम गरेर एमालेको राजनीतिमा समय दिन थाल्नुभयो।चितवन भण्डारको धमौरा प्राबिमा अध्ययन गर्दै देखी उहाले राजनीति गर्न थाल्नु भएको हो। बिरेन्द्र नगर माबिको अखिलको प्रारम्भिक कमिटीमा रहेर सस्थागत तवरले राजनीतिक यात्रा बढाउदै जानु भयो। अखिलमा रहदै महिला संगठनमा रहेर काम गर्ने र महिला समेटेर संगठन गरेर पनि काम गर्न थाल्नु भयो,यो ३६ सालको कुरा हो।

बिधार्थी आन्दोलनमा निरन्तर काम गर्दा गर्दै उहा २०४६ सालमा काठमाडौँ आउनु भयो,राजधानीमा पनि संगठनकै लागी काम गर्नु भयो,यहि दौरानमा गृह जिल्ला चितवनको बिरेन्द्र आदर्श माबि बाट प्रबेशिका परिक्षा पास गर्नु भयो। भरतपुर बिरेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्दै राजनीतिलाई निरन्तरता दिनु भयो र फेरि काठमाडौँ आउनु भयो। बिरेन्द्र क्याम्पसमा रहदै थारु बिधार्थीको संगठन गरेको अनुभब पनि छ उहामा।

काठमाडौँ प्रवेश गरे पछी आर आर कलेज पढ्न थाल्नु भयो,राजनीति पनि संग संगै थियो। बिद्यार्थी राजनीतिलाई त्यतिमै थाती राख्दै उहा आदिबासी जनजाती महासंघको राजनीतिमा एमालेकै तर्फ बाट गासिनु भयो यो २०५१ सालको कुरा हो। महासंघको महिला बालबालिका तथा स्वास्थ सचिबको केन्द्रिय भूमिकामा रहेर काम गर्नु भयो। उहाले त्यहाँ ५६ साल देखी काम गर्नु भयो,अहिले सम्म त्यसले बिश्राम पाएको छैन । २०५६ सालमा राष्ट्रिय आदिबासी जनजाती महिला महासंघको सस्थापक सदस्य र अर्थ सचिबको रुपमा काम गरेको अनुभबले उहाको राजनीतिक यात्रा थप खारिदै गयो। त्यसपछी थारु महिला जागरण केन्द्रको केन्द्रिय अध्यक्ष भएर आज पर्यन्त काम गरिरहनु भएको छ। त्यस्तै, आदिबासी जनजाती राष्ट्रिय उत्थान प्रतिष्ठानको बोर्ड सदस्य भएर समेत काम गरेको अनुभब पनि उहामा छ। थारु कल्याणकारिणी सभाको केन्द्रिय सदस्य हुदै केन्द्रिय उप-महामन्त्री समेत हुनुभयो।

महिला अधिकारका लागी काम गर्ने संकल्प नेपालको सदस्य हुदै संयोजकको भूमिकामा रहेर काम गर्नु भयो। महिला अधिकारका लागी निरन्तर आवाज उठाउनेको सुचीमा उहा अग्र स्थानमा हुनुहुन्छ। सानै देखी नेकपा एमालेको राजनीतिमा लाग्नु भएकी उहा नेकपा एमालेको चितवन- काठमाडौँ सम्पर्क मंचको सचिबालय सदस्य र महिला बिभागको सचिब भएर काम गर्नु भयो। अखिल नेपाल महिला संघको केन्द्रमा रहेर काम गर्नु भएको छ। संघर्सको पर्याय बन्नु भएकी फुलमती चितवनको भण्डार-४ महलमा २०२६ सालमा जन्मनु भएकी उहा पार्टीको जनबर्गिय संगठन थारु लोकतान्त्रिक संघको केन्द्रिय सदस्य समेत हुनुहुन्छ। २०४७ सालमा पार्टीको संगठित सदस्यता लिनु भएकी उहा प्रदेश नम्बर-३ को प्रदेश सभामा समानुपातिक तर्फ ४० नम्बरको बन्द सुचीमा हुनुहुन्छ,थारु महलमा पहिलो नम्बरमा हुनुहुन्छ।दोश्रो संबिधान सभाको चुनाबमा पनि उहा समानुपातिक उम्मेदवार हुनुहुन्थ्यो। हालै सम्पन्न निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारलाई जिताउन २ महिना सम्म अहोरात्र चुनाबमा खटिनु भएकी उहा चितवनमा लोकप्रिय नेत्रीका रुपमा चिनिनु भएको छ।

प्रतिक्रिया दिनुहोस
कार्बन उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्छ : प्रधानमन्त्री ओली

     प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई

ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।