रोबोटले यसरी खोस्दैछ ८० करोडभन्दा बढी मानिसको रोजगारी !



हाम्रो इकोनोमि

अटोमेसनको विस्तारका कारण विश्वका ८० करोडभन्दा धेरै जनशक्तिको रोजगारी खोसिँदैछ। ग्लोबल म्यानेजमेन्ट कन्सल्टेन्ट म्याकिन्सेले जारी गरेको रिपोर्टअनुसार ४६ देशका ८ सय पेशा धरापमा पर्दै गरेका हुन्।

धेरैको रोजगारी गुम्ने प्रक्षेपण गरिरहँदा म्याकिन्सेले उत्पादकत्व भने ह्वात्तै बढ्ने पनि उल्लेख गरेको छ। भनेको छ, ‘यसले उत्पादकत्वमा वृद्धि र हामी जीवनमा सुधार ल्याउँछ।’ कतिपय कामबाट मानिसलाई नै विस्थापित गर्ने पनि रिपोर्टमा उल्लेख छ। फरक देश, उद्योग र तिनका गतिविधिका आधारमा रोजगारी गुम्न् रिपोर्टमा भनिएको छ। विकसित र विकासोन्मुख अर्थतन्त्र भएका मुलुकहरुमा यसको प्रभाव पर्ने बताइएको छ।

कम्तिमा पनि एक तिहाई काम अटोमेटेड अर्थात् रोबर्टबाट सम्पन्न हुने निश्चित छ जसले मानिसको रोजगारीलाई घटाउनेछ। मेसिन अपरेटर, फास्टफुड वर्क र कर्मचारीहरु सबैभन्दा बढी प्रभावित हुने बताइएको छ।

यद्यपि अटोमेसनले त्यस्ता मानिसको रोजगारीलाई जोखिममा पार्ने छैन जो क्रियटिभ काममा छन्, विषयगत विज्ञता हासिल गरेका छन्, व्यवस्थापन सक्रिय छन वा जसले सामाजिक संवादका काम गरिरहेका छन्।

बगैचे, प्लम्बर, बालबालिका र वृद्धवृद्धाको हेरचाह गर्नेको रोजगारी भने यसबाट प्रभावित नहुने बताइएको छ। यी पेशामा ठूलो आम्दानी हुँदैन।

म्याकिन्सेले कम्तिमा पनि ३७ करोड ५० लाख मानिसले नयाँ पेशामा जानुपर्ने छ या नयाँ शीप सिक्नुपर्ने छ। रिपोर्टले पेशा परिवर्तन गर्नुपर्नेमा १० करोड त चिनियाँ मात्रै रहेको उल्लेख गरेको छ।

यस्तैगरी, एक तिहाई अमेरिकी र जर्मन, आधा जापानी जनशक्तिले नयाँ शीप सिक्नुपर्ने वा पेशा परिवर्तन गर्नुपर्ने हुनसक्छ।

इतिहासलाई हेर्ने हो भने जतिखेर प्रविधिले जनशक्तिमाथि प्रभाव पार्छ त्यतिखेरै रोजगारी पनि सिर्जना गरिरहेको हुन्छ। स्वास्थ्य सेवा र प्रविधिको क्षेत्रमा भने रोजगारीका अवसर बढ्ने बताइएको छ। प्रविधिका कारण उत्पादकत्वमा हुने वृद्धिका कारण सरकारले रोजगारका नयाँ नयाँ ठाउँ पहिल्याएर जनशक्ति बेरोजगार हुन नदिनेसमेत रिपोर्टले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...