चिसो बढेसँगै विद्यार्थीको उपस्थित न्यून



हाम्रो इकोनोमि

तराईका विभिन्न भागसँगै उदयपुर जिल्लामासमेत केही दिन यतादेखि चिसो र शीतलहर बढेसँगै विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुनथालेको छ ।

अचानक चिसो र शीतलहर बढ्न थालेपछि जिल्लाको बेलका नगरपालिकाको तपेस्वरी, चौदण्डी नगपालिका क्षेत्रको हँडिया तथा सुन्दरपुर र त्रियुगा नगरपालिकाको जोगीदह क्षेत्रका सरकारी विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुनथालेको सम्बन्धित विद्यालयका शिक्षकले बताएका छन् ।

अचानक चिसो बढेर बिहान १० बजेसम्म पनि हुस्सुका कारण गाउँघर अन्धकार र चिसो बन्न थालेपछि विद्यालय आउने अधिकांश तल्ला कक्षाका साना विद्यार्थी विद्यालय आउन छाडेको जनता उच्चमावि हँडियाका शिक्षक बाबुलाल चौधरीले बताउनुभएको छ ।

यस्तै बिहानभरी पनि शीतलहर र चिसो बढिरहेकाले तल्ला तहका कक्षामा विद्यार्थीको उपस्थिति १०५ पनि हुन छाडेको तपेश्वरी आम्बासीका शिक्षिका सुमित्रा पोखरेल बताउनुहुन्छ ।

विगतका वर्षको तुलनामा यस पटक छिटै (पुस महिना शुरु भएसँगै) चिसो र शीतलहर ह्वात्तै बढ्न थालेका कारण पनि विद्यार्थीलगायत अन्य वृद्धवृद्धामा शीतलहरले असर पारेकोे त्रियुगा नगरपालिका– १ जोगिदहका नारायण ढकालको भनाइ छ ।

चिसोको कारण नानीहरु स्कुलनै जान छाडेपछि दिनको १२ बजे घाम नलागेसम्म बच्चाहरू घरभित्रै बस्न थालेको पनि उहाँ उल्लेख गर्नुहुन्छ । गत वर्षमा पुसको मध्यदेखि मात्र जिल्लामा चिसो बढे पनि यस पटक पुस महिना शुरु हुनासाथ शीतलहर शुरु भएको जिल्लावासी बताउछन् ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...