राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक



हाम्रो इकोनोमि

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गर्नुभएको छ । उहाँले अमेरिकाको राष्ट्रपति भएपछि सोमबार पहिलो पटक आफ्नो प्रशासनको सुरक्षा रणनीति सार्वजनिक गर्नुभएको समाचारमा जनाइएको छ ।

उहाँले यसअघि भन्दै आउनुभएको आफ्नो प्रशासनको एक हिसाबले स्थायी अभिव्यक्तिजस्तै मानिएको ‘अमेरिका फसर््ट्’ (पहिले अमेरिका) भन्ने कार्यक्रमलाई उक्त रणनीतिमा पनि प्राथमिकतामा राख्नुभएको देखिन्छ ।

राष्ट्रपति ट्रम्प सत्तामा आएको करिब बर्षदिनपछि उक्त राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गर्नुभएको छ । यसमा विशेषगरी आर्थिक शक्ति र आन्तरिक सुरक्षामा बढी जोड दिइएको देखिन्छ ।

साथै सीमा नियन्त्रणमा पनि यसले कडाई गरेको छ । यस सुरक्षा रणनीतिमा अमेरिकी सेनाको पक्षमा बलियो अडान लिइएको पनि देखिएको छ ।

आर्थिक पक्षका बारेमा पनि सुरक्षा रणनीतिमा समेटिएको छ । आर्थिक तथा अन्य हिसाबले अमेरिकाले अर्को विश्वलाई के कस्तो व्यवहार गर्न चाहेको छ भन्ने कुरा पनि यस रणनीतिमा समेटिएको छ ।

उहाँले अरु विश्वलाई सहकार्य भन्दा पनि प्रतिस्पर्धामा जोड दिनुभएको छ । साथै उक्त रणनीतिमार्फत उहाँले रुस र चीनलाई अमेरिकाको सहकार्य होइन कि प्रतिस्पर्धी हुन् भन्नुभएको छ ।

उक्त रणनीति सार्वजनिक गर्ने क्रममा गर्नुभएको सम्बोधनमा ट्रम्पले अमेरिकालाई प्रतिस्पर्धी शक्तिका रुपमा चीन र रुसले चुनौती दिइरहेको उल्लेख पनि गर्नुभएको समाचारमा जनाइएको छ ।

कुनै संघ वा व्यक्तिको नामै नलिई उहाँले अमेरिकाले आतङ्ककारीहरु, आतङ्कवादी संगठन, तथा विविध खालका अपराधिक सञ्जालहरुबाट हिंसाको सामना गर्नुपरिरहेको र यो उसका लागि एक किसीमको चुनौती नै रहेको पनि बताउनुभयो ।

राष्ट्रपति ट्रम्पले अमेरिकी मान्यता र सम्पत्तिलाई अरु प्रतिश्पर्धीहरुले भने चुनौती दिने कोशिश गरिरहेको उल्लेख गर्नुभयो । उहाँले यी चुनौती दिएकाहरुको नाम उल्लेख नगरेपनि विशेषत यसअघि अमेरिकाका मुख्य प्रतिश्पर्धीमा चीन र रुस रहेको बताएकोले तीनै देशको चुनौती हो भनिएको छ ।

उहाँले राष्ट्रिय स्वार्थको संरक्षण गर्ने र अमेरिकी प्रभाव र मान्यताहरुको हितका साथै अमेरिका पहिला भन्ने आफ्नो मान्यतालाई यस सुरक्षा रणानीतिले सघाउन पु¥याउने धारणा राख्नुभएको पनि सो समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
भेनेजुएलामा शक्तिशाली भूकम्प, १० हजार बढीको मृत्युको आशंका

    राजधानी काराकाससहित धेरै सहरमा भवनहरू हल्लिएका, केही संरचनाहरू भत्किएका तथा हजारौँ...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

अमेरिका–इरानबीच शान्ति सम्झौताको घोषणा

    फारसको खाडी क्षेत्रमा जारी तनाव अन्त्य गर्ने विषयमा अमेरिका र इरानबीच...