करोडौ अपचलनको प्रमाण नस्ट गर्न सशस्त्र मुख्यालयमा मध्यराति यसरी भयो ‘शंकास्पद’ आगलागी



सशस्त्र प्रहरी बलको हलचोकस्थित मुख्यालयभित्र सोमबार मध्यराति आगलागी भएको छ। आगलागी शंकास्पद भएको भन्दै एआइजीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ।

राति साढे १ बजे सशस्त्रको स्टोर भएको भवनमा आगलागी भएको हो। आगलागीमा केही महत्वपूर्ण कागजपत्रहरु समेत जलेका छन्। कुनै गोप्य कागजपत्र जलाउने उद्देश्यले आगलागी भएको आशंकामा सशस्त्र मुख्यालयले प्रशासन विभागका एआइजी प्रेम शाहीको संयोजकत्वमा मंगलबार छानबिन समिति गठन गरेको छ।

‘घटना केही शंकास्पद भएकाले नै छानबिन समिति गठन गरेका हौं,’ सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी बाबुराम पाण्डेले भने,‘कसरी आगो लाग्यो भन्ने खुल्न सकेको छैन।’ सशस्त्र खेलमैदानसँगै रहेको प्याराफिट रहेको भवनमा आगो लागेको हो।

आगलागीबाट अन्दाजी २० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको डिआइजी पाण्डेले बताए। १ बजेर करिब ३० मिनेटमा आगलागी भएकोमा दुई वटा दमकलले साढे २ घन्टामा आगो नियन्त्रणमा लिइएको थियो। आगलागी भएको स्थानमा ग्यास सिलिण्डरसमेत थियो।

आगलागी घटनाको स्थानीय प्रहरीले मुचुल्का बनाएको छैन। महानगरीय अपराध महाशाखाबाट एक टोलीलाई अनुसन्धानका लागि बोलाइएको प्रवक्ता पाण्डेले बताए। सशस्त्र प्रहरी बलभित्र विगतमा भएका आर्थिक अनियमितताका लुकाउने उद्देश्यले कसैले नियोजित रुपमा आगजनी गरिएको हुन सक्ने सशस्त्रका कतिपय अधिकारीहरुले आशंका गरेका छन्।

आगलागीमा लेखासम्बन्धी महत्वपूर्ण फाइलहरु जलेका छन्। उक्त कोठामा विद्युत् सर्ट भएर आगो लाग्ने अवस्थासमेत नदेखिएकाले घटना शंकास्पद बनेको हो। नियोजित रुपमै प्रमाण नस्ट गर्न आगो लगाईएको हो।अख्तियारले छानबिन गर्ने सूचना पछी आगो लागेको नाटक भएको श्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको