आफु संगै सति जान तयार चार भाईलाई पछी लगाएर ओली एका-एक किन लाङटाङ पुगे,यस्तो पाइयो कारण



हाम्रो इकोनोमि

चुनावी धपेडी सकेर सरकार गठनको तयारीमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार एकाएक रसुवाको लाङटाङ पुगेका छन्।
निर्वाचनपछि काठमाडौंमा सरकार निर्माण र एमाले माओवादी केन्द्रबीच पार्टी एकताको रस्साकसी चलिरहेका बेला आफु निकटका चार नेतासहित अध्यक्ष ओली मनाङ एयरको हेलिकोप्टरबाट मंगलबार बिहानै चीनको सिमा क्षेत्र लाङटाङ भ्याली पुगेका हुन्।

रसुवास्थित एमाले निकट स्रोतहरूका अनुसार ओलीको यो पूर्व निर्धारित कार्यक्रम होइन, तर उनीहरू त्यहाँ दिनभर बस्ने अनुमान गरिएको छ।
निर्वाचनमा वाम गठबन्धनका चुनावी सभालाई सम्बोधन गर्न देश दौडाहामा निस्किएका ओलीले निरन्तर एक महिनाभन्दा लामो समय दौडादौडमा बिताए। ओली आफैं झापा–५ मा प्रतिनिधिसभाका उम्मेदवार थिए। यसबीच उनको समय अत्यन्त व्यस्त रह्यो।

त्यही व्यस्तताबाट राहत खोज्दै उनी लाङटाङ पुगेको अनुमान गरिएको छ। उनीसंग एमालेका प्रभावशाली चार नेताहरुपनि संगै छन्। महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य सुवास नेम्वाङ र शंकर पोखरेललाई लिएर ओली लाङटाङ पुगेपछि विभिन्न किसिमका अड्कलबाजी काट्न थालिएको छ। चारै नेताहरु पार्टीभित्र ओली निकट मानिन्छन्। उनीहरु एमालेका रणनीतिकार भनेर समेत चिनिन्छन्।

वाम गठबन्धन बनाएर चुनाव लडेका एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको विषय पेचिलो बन्ने संकेत देखिएको छ।
सोमबार बसेको माओवादीको केन्द्रीय कार्यालय बैठकले पार्टी एकता र सरकार गठन संगसंगै गर्नुपर्ने निश्कर्ष निकालेको छ। उता ओली भने तत्काल सरकार गठन हुनुपर्ने र पार्टी एकताका विषयमा विस्तारै छलफल चलाउने मानसिकतामा छन्।

एमाले महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री पनि ओली नै बन्ने सार्वजनिक अभिव्यक्ति दिएपछि माओवादीभित्र उनको भनाइले तरंग सिर्जना गरिदिएको छ।
यहिबेला ओली आफु निकट नेता लिएर लाङटाङ पुग्नुले माओवादीसंग पार्टी एकता र सरकार निर्माणका विषयमा आफ्नो तर्फबाट रणनीति बनाउने तयारी हुनसक्ने अड्कलबाजी समेत शुरु भएको छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...