आफु संगै सति जान तयार चार भाईलाई पछी लगाएर ओली एका-एक किन लाङटाङ पुगे,यस्तो पाइयो कारण



चुनावी धपेडी सकेर सरकार गठनको तयारीमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार एकाएक रसुवाको लाङटाङ पुगेका छन्।
निर्वाचनपछि काठमाडौंमा सरकार निर्माण र एमाले माओवादी केन्द्रबीच पार्टी एकताको रस्साकसी चलिरहेका बेला आफु निकटका चार नेतासहित अध्यक्ष ओली मनाङ एयरको हेलिकोप्टरबाट मंगलबार बिहानै चीनको सिमा क्षेत्र लाङटाङ भ्याली पुगेका हुन्।

रसुवास्थित एमाले निकट स्रोतहरूका अनुसार ओलीको यो पूर्व निर्धारित कार्यक्रम होइन, तर उनीहरू त्यहाँ दिनभर बस्ने अनुमान गरिएको छ।
निर्वाचनमा वाम गठबन्धनका चुनावी सभालाई सम्बोधन गर्न देश दौडाहामा निस्किएका ओलीले निरन्तर एक महिनाभन्दा लामो समय दौडादौडमा बिताए। ओली आफैं झापा–५ मा प्रतिनिधिसभाका उम्मेदवार थिए। यसबीच उनको समय अत्यन्त व्यस्त रह्यो।

त्यही व्यस्तताबाट राहत खोज्दै उनी लाङटाङ पुगेको अनुमान गरिएको छ। उनीसंग एमालेका प्रभावशाली चार नेताहरुपनि संगै छन्। महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य सुवास नेम्वाङ र शंकर पोखरेललाई लिएर ओली लाङटाङ पुगेपछि विभिन्न किसिमका अड्कलबाजी काट्न थालिएको छ। चारै नेताहरु पार्टीभित्र ओली निकट मानिन्छन्। उनीहरु एमालेका रणनीतिकार भनेर समेत चिनिन्छन्।

वाम गठबन्धन बनाएर चुनाव लडेका एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको विषय पेचिलो बन्ने संकेत देखिएको छ।
सोमबार बसेको माओवादीको केन्द्रीय कार्यालय बैठकले पार्टी एकता र सरकार गठन संगसंगै गर्नुपर्ने निश्कर्ष निकालेको छ। उता ओली भने तत्काल सरकार गठन हुनुपर्ने र पार्टी एकताका विषयमा विस्तारै छलफल चलाउने मानसिकतामा छन्।

एमाले महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री पनि ओली नै बन्ने सार्वजनिक अभिव्यक्ति दिएपछि माओवादीभित्र उनको भनाइले तरंग सिर्जना गरिदिएको छ।
यहिबेला ओली आफु निकट नेता लिएर लाङटाङ पुग्नुले माओवादीसंग पार्टी एकता र सरकार निर्माणका विषयमा आफ्नो तर्फबाट रणनीति बनाउने तयारी हुनसक्ने अड्कलबाजी समेत शुरु भएको छ।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको