गगनलाई सनासो लगाउदै कांग्रेस युवा नेताहरुले यस्तो टीम बनाए,आरजु भाउजुको साडीको फेर समाउनेलाई यसरी हानिने भयो झापट



हाम्रो इकोनोमि

नेपाली कांग्रेसमा दास्रो पुस्ता भनिएका युवा नेताहरुले मुठ्ठी कसेर अगाडि बढ्ने भएकाछन् । दास्रो पुस्ताका नेताहरु मध्ये कस्ले नेतृत्व गर्ने टुङ्गो नलागे पनि महामन्त्री शशांक कोइराला र प्रकाशमान सिंहको नाम चर्चामा आएको छ ।

रामचन्द्र पौडेल आफ्नै गुट समाल्न नसकेको आरोप लगाईरहेको समयमा यस्तो कुरा बाहिर आएको हो । तर गजबको कुरा त सो समुहमा गगन थापा भने अहिले सम्म अट्न सकेकाछैनन् ।

कांग्रेसमा बन्यो युवाहरुको “कोर टिम”

नेपाली कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवाको विकल्प खोज्नेभन्दै युवा नेताहरुको नयाँ टिम खडा भएको खुलासा भएको छ । स्रोतका अनुसार हालका महामन्त्री डा. सशांक कोइरालालाई सभापति बनाउनेगरि युवा नेताहरुको कोर टिम नै गठन भैसकेको छ । सशांकलाई सभापति मानेर जानेबारे प्रकाशमान सिंह, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी लगायतका युवा नेताहरुको खास टिम बनेको छ ।

महामन्त्रीमा शेखर कोइराला र विश्वप्रकाश शर्मालाई अघि सार्ने पनि नयाँ टिमको तयारी रहेको स्रोतको दाबी छ । त्यस्तै उपभासपति र संसदीय दलको नेतामा प्रकाशमान सिंह र सह–महामन्त्री चन्द्र भण्डारीलाई अघि सार्ने बुझिएको छ । नयाँ टिम पूर्व नेविसंघका अध्यक्षहरु भण्डारी र शर्मा रहेका छन् । त्यस्तै टिममा नेताहरु महेन्द्र शर्मा, गोविन्द भट्टराई पनि रहेको बुझिएको छ ।

त्यस्तै कृष्णप्रसाद सिटौलाको क्याम्प परिवर्तन गरि नेता भीमसेनदास प्रधानपनि यही नयाँ टिममा सहभागी रहेको उनी निकट स्रोतको दाबी छ । काँग्रेसले इतिहासमै नभोगेको हार यो पटकको निर्वाचनमा व्यहार्नुपरेको छ । चुनाव गराएर प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले जस लिएपनि आफैले गराएको चुनावमा पार्टीले हार व्यहोर्नुपरेको भन्दै असन्तुष्टि व्याप्त छ । देउवा निकटस्थहरूले समेत उनीप्रति आक्रोश पोखिरहेका छन् ।

चुनाव हार्नुमा देउवाको विवादास्पद कदम मुख्य जिम्मेवार हो भन्ने आरोप उनीमाथि लागिरहेको छ । उनका अभिव्यक्तिहरू समेत विवादमा परे । विवादास्पद बोलीका कारण समेत मतदाताको विकर्षण बढ्यो । देउवा आइजीपी प्रकरण हुँदै महाभियोग र राजदूत प्रकरणमा विवादमा मुछिए । एआइजीहरूको दरबन्दी थपेको थप्यै गर्दा समेत विवाद बढ्यो ।

देउवाका कदमले नोक्शान पुगेको विश्लेषण काँग्रेसभित्र भएको छ । देउवाका कारण पार्टीले हार व्यहार्नुपरेको भन्दै प्रभावशाली नेताहरू समेत चिढिएका छन् । पार्टीमा आरजु भाउजु हावी भएको समेत कुरा उठेको छ ।

देउवाप्रति पार्टी्भित्र आक्रोश बढिरहँदा उनका पक्षधरहरूले संविधान कार्यान्वयनका लागि हुनुपर्ने चुनाव गराएकाले जित भएको तर्क गरेका छन् । तर, देउवाबाट पार्टी नचल्ने भन्दै नेतृत्व परिवर्तनको आवाज समेत उठेको छ । यसलाई थामथुम पार्न देउवालाई सहज छैन । विशेष महाधिवेशनको समेत आवाज उठिरहँदा यसलाई व्यवहारमा उतार्ने क्षमता असन्तुष्ट नेताहरूमा होला कि नहोला रु

विशेष महाधिवेशन बोलाइए देउवाको विकल्पको अहिल्यै खोजी हुनसक्छ । तर, काँग्रेसभित्र विशेष महाधिवेशन आयोजना भइहाल्ने सम्भावना कम छ । अहिले देउवाको विकल्प सशांक हुन सक्ने भन्दै देशभरिका नेता तथा कार्यकर्ताहरुले यस्तो दबाब दिएका छन् । उनीहरुले सशांकलाई नेतृत्वमा स्थापित गर्दै पार्टीमा युवा नेताहरुलाई स्थापित गर्नसमेत दबाब दिएका छन् ।

तर युवा नेताहरु नेतृत्वमा आउनुपर्छ भन्ने दबाब भएपनि नयाँ टिमले चर्चित युवा नेता गगन थापालाई भने अहिले टिममा समावेश नगर्ने निर्णय गरेको छ । नेता थापाको भर नहुने भन्दै उनलाई टिममा समावेश नगरिएको एक नेताले जानकारी दिए । उनका अनुसार थापाले आफूलाई मात्रै फाईदा हेर्ने गरेको र चर्चाको लागि जे पनि बोलिदिने गरेकोले उनलाई तत्काल समेटेर जाने स्थिति सिर्जना नभएको हो ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...