मह उत्पादनमा वृद्धि



हाम्रो इकोनोमि

जिल्लामा गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा वृद्धि भएको छ ।

नेपाल माहुरी पालन महासंघ दाङका अध्यक्ष विष्णुराज श्रेष्ठका अनुसार गत वर्षको तुलनामा यस वर्ष एकसय टन बढी मह उत्पादन भएको छ । चरन व्यवस्थित गरेका कारण मह उत्पादनमा वृद्धि भएको हो ।

महासंघका अध्यक्ष श्रेष्ठ यस वर्ष कृषकले दुई तीनपटकसम्म मह काढेको बताउनुहुन्छ । गत वर्ष अधिकांश कृषकले एकपटक मात्र मह निकालेका थिए । जिल्लामा यस वर्ष करिब ३२० टन मह उत्पादन भएको श्रेष्ठले बताउनुभयो । गत वर्ष २२० टन मह उत्पादन भएको थियो ।

जिल्लामा १५ हजार माहुरीको घार रहेको नेपाल माहुरी पालन महासंघ दाङले जनाएको छ भने ६५० माहुरी पालक किसान रहेका छन् । जिल्लामा उत्पादनको करिब २० प्रतिशत मात्र खपत हुन्छ । जिल्लाबाट मह काठमाडौँ, पोखरा, इटहरी, बुटवल, स्याङ्जा, पाल्पा, नेपालगञ्जलगायत शहरमा बिक्री गरिँदै आएको श्रेष्ठ बताउनुहुन्छ ।

अहिले जिल्लामा प्रशोधित मह प्रतिकिलो रु ४०० र प्रशोधन नगरिएको मह रु ३०० देखि रु ३५० सम्ममा बिक्री भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...