नियमित पठनपाठनको माग गर्दै विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी



हाम्रो इकोनोमि

गौशाला नगरपालिका–३ स्थित नवराजपुरमा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीले नियमितरुपमा पठनपाठनको माग गर्दै विद्यालयमा तालाबन्दी गरेका छन् ।

शिक्षक नियमित उपस्थित नभएको र कक्षामा गुणस्तरीय पठनपाठन नभएको भन्दै सो विद्यालयका विद्यार्थीले दिउँसो १ बजेसम्म कार्यालयमा तालाबन्दी गरेका हुन् ।

पछिल्लो समय प्रधानाध्यापक वंशिधर साह नियमितरुपमा विद्यालयका आउन छाडेकाले विद्यालयको अवस्था दयनीय बन्दै गएको शिक्षक श्यामलाल चौधरीले जानकारी गराउनुभयो । बालविकास तहमा कार्यरत शिक्षिका रीता यादवले बालविकासदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई एकै समयमा पढाउनुपर्ने बाध्यताले विद्यालयमा पठनपाठनको अवस्था गुणस्तरहीन हुँदै गएको स्वीकार गर्नुभयो ।

प्रधानाध्यापकको लापारबाहीले विद्यालयमा यस्ता समस्या बल्झिएको स्थानीयावासीले बताएका छन् । अनुगमनमा आउँदा प्रायःजसो शिक्षक विद्यालयमा अनुपस्थित रहँदै आएको विद्यालय व्यवस्थापन समितिका सदस्य राजकरणप्रसाद साहले बताउनुभयो ।

गौशाला नगरपालिका–३ का वडाध्यक्ष वीरेन्द्र चौधरीले मौखिकरुपमा विद्यालयलाई व्यवस्थित एवं सुधारका लागि गरिएको आग्रह बेवास्था गरिएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...