नियमित पठनपाठनको माग गर्दै विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी



हाम्रो इकोनोमि

गौशाला नगरपालिका–३ स्थित नवराजपुरमा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीले नियमितरुपमा पठनपाठनको माग गर्दै विद्यालयमा तालाबन्दी गरेका छन् ।

शिक्षक नियमित उपस्थित नभएको र कक्षामा गुणस्तरीय पठनपाठन नभएको भन्दै सो विद्यालयका विद्यार्थीले दिउँसो १ बजेसम्म कार्यालयमा तालाबन्दी गरेका हुन् ।

पछिल्लो समय प्रधानाध्यापक वंशिधर साह नियमितरुपमा विद्यालयका आउन छाडेकाले विद्यालयको अवस्था दयनीय बन्दै गएको शिक्षक श्यामलाल चौधरीले जानकारी गराउनुभयो । बालविकास तहमा कार्यरत शिक्षिका रीता यादवले बालविकासदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई एकै समयमा पढाउनुपर्ने बाध्यताले विद्यालयमा पठनपाठनको अवस्था गुणस्तरहीन हुँदै गएको स्वीकार गर्नुभयो ।

प्रधानाध्यापकको लापारबाहीले विद्यालयमा यस्ता समस्या बल्झिएको स्थानीयावासीले बताएका छन् । अनुगमनमा आउँदा प्रायःजसो शिक्षक विद्यालयमा अनुपस्थित रहँदै आएको विद्यालय व्यवस्थापन समितिका सदस्य राजकरणप्रसाद साहले बताउनुभयो ।

गौशाला नगरपालिका–३ का वडाध्यक्ष वीरेन्द्र चौधरीले मौखिकरुपमा विद्यालयलाई व्यवस्थित एवं सुधारका लागि गरिएको आग्रह बेवास्था गरिएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...