नयाँ सरकार गठन र पार्टी एकता सँगसँगै गर्ने निर्णय गर्दै माओबादीको बैठक सकियो,अब ओली प्रधानमन्त्री प्रचण्ड अध्यक्ष



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठन र पार्टी एकता सँगसँगै गर्ने निर्णय गरेको छ।
पार्टी कार्यालय पेरिसडाँडामा सोमबार भएको माओवादी केन्द्रको सचिवालय बैठकले सरकार गठन र पार्टी एकता एकसाथ गर्ने निर्णय गरेको हो।

वामपन्थीबीच एकता गर्नेगरी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धन गरेर जाँदा मतदाताले त्यसलाई अनुमोदन गरेको बैठकको निष्कर्ष छ। निर्वाचनमा जनमत पार्टी एकता गर्ने लाइनमा आएको भन्दै सरकार र पार्टी एकता एकसाथ गर्ने निर्णय भएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।

उनका अनुसार, सरकार र पार्टी एकता सँगसँगै टुंग्याउँदै त्यसपछि जिम्मेवारी बाँडफाँट गर्ने निर्णय भएको छ।
बैठकमा माओवादी नेताहरुले भने सरकार गठन अगाडि नै पार्टी एकता टुंग्याउन जोड दिएका थिए।

‘विचार संगठन र नेतृत्वको विषय सुरूमै टुंग्याउनुपर्ने कुरा भएको छ’, प्रवक्ता भुसालले भनिन्।
बैठकले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोग र सरकारलाई धन्यवाद दिएको छ।
यस्तै, राष्ट्रिय सभा गठन सम्बन्धी विवाद राजनीतिक विवाद भएको भन्दै यसलाई यसलाई राजनीतिक तहबाटै छलफल गरेरर समाधान गर्नुपर्ने माओवादीले जनाएको छ।
चुनावी समीक्षा, नयाँ सरकार गठन र पार्टी एकताबारे छलफल गर्न माओवादीले सचिवालय बैठक बोलाएको हो।

यता नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले र माओवादी केन्द्रवीच एकता र सरकार गठनबारे आन्तरिक छलफल सुरु भैरहेकोले सहमतिमै सबै कुरा टुँगो लगाउने विश्वास दिलाए । उनले भने,‘दुवै पार्टीका नेताहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई एउटालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाएर पार्टी एकता हुन्छ।’

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...