बैकको ५ करोड घोटालाकी योजनाकार यी युवतीको जालमा कसरी परे सेनाका जर्नेल,ठगीको ३२ लाख जर्नेलको खातामा,यस्तो छ रामकहानी



हाम्रो इकोनोमि

कृषि विकास बैंककी एक सहायकस्तरकी कर्मचारीको बदमासीका कारण अहिले नेपाली सेनाका एक उच्च अधिकारी आन्तरिक छानबिनमा तानिएका छन् । कृषि विकास वैंकको सहायक टेलर पदमा काम गर्ने दिपिका रेग्मीले हाकिमहरुलाई समेत झुक्याएर बैंकमा करिब ५ करोड हिनामिना गरेपछि अनुसन्धानमा सेनाका जर्नेल पनि मुछिएका हुन । यि दुईसंगै बैंकका अन्य चार कर्मचारी प्रहरी हिरासतमा पुगेका छन् । सेनाका जर्नेल वाहेकालाई सिआईबीले पक्राउ गरिसकेको छ भने जर्नेल कोर्ट मार्षलमा परेका छन।

उनिहरु सबै यिनै युवतीको बदमासीकै फसेका हुन् । उक्त घोटालामा नेपाल सेनाका बहालवाला सहायक रथीमाथि सेनाले कोर्टमार्सल शुरु गरेको छ । घोटलाको रकम उप रथी डा रमेश बिष्टको खातामा भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी) र सेनाले उनीमाथि पनि छानबिन थालेको हो ।

कृषि बिकास बैंकको न्यूरोड शाखाबाट ४ करोड ९१ लाख रुपैयाँ घोटाला भएको थियो । जसमा बैंकका दुई कर्मचारीसहित तीन जनालाई सिआईबीले गत साता नै पक्राउ गरि अनुसन्धान गरिरहेको छ । बैंककी सहायक टेलर रेग्मीसहित पियन अर्दली रमेश थापा र सुन पसले प्रकाश घतानीलाई प्रहरीले पक्राउ गरी अनुसन्धानमा थप कर्मचारी पनि तानिएका हुन् ।

ठगी गरेको मध्ये करिब ३२ लाख रकम जर्नेल बिष्टको खातामा भेटिएको अनुसन्धानमा आबद्ध सिआईबीका एक अधिकारीले बताए । दिलिपासँगैको सोधुपुछपछि प्रहरीले उनको खातामा रकम रहेको पत्ता लगाएको हो । उनको खाता रोक्का भइसकेको छ । सैनिक प्रहरीले गत साता नै उक्त घटनासम्बन्धि कागजपत्र सिआईबीबाट लिएर आन्तरीक छानबिन सुरु गरिसकेको छ ।
सिआईबी स्रोतका अनुसार दिपिकाले बैंक ठगी गरेको बारे जर्नेल बिष्ट र दिपिकाको आमालाई पहिलदेखि नै थाहा थियो । दिपिकाका बुबा पनि सोही बैंकका पूर्व कर्मचारी हुन् । लागूऔषध, बलत्कार तथा हत्याजस्ता गम्भीर प्रकृतीका मुद्दा बाहेक अन्य फौजदारी अपराधमा बहालवाला सैनिक कर्मचारी संलग्न भएको अवस्थामा सैनिक ऐनअनुसार सेनाले नै आन्तरीक छानबिन गरी सजाय गर्ने सैनिक ऐनको प्रावधान छ । बैंक ठगी मुद्दा पनि सेनाले नै आन्तरीक अनुसन्धान गरी कारबाही गर्दछ । सैनिक अदालतले कैद सजाय समेत तोक्दछ ।

जर्नेल बिष्ट र युवतीबीच कुनै नाता नभए पनि निकटतम सम्बन्ध भने थियो । सोही निकटताकै कारण घोटाला गरेको रकम युवतीले उनको खातामा जम्मा गरेकी थिइन् । युवतीको आमालाई समेत जर्नेल बिष्टसँगको सम्बन्ध र बैंक ठगीबारे पहिलेदेखि नै जानकारी थियो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...