बैकको ५ करोड घोटालाकी योजनाकार यी युवतीको जालमा कसरी परे सेनाका जर्नेल,ठगीको ३२ लाख जर्नेलको खातामा,यस्तो छ रामकहानी



हाम्रो इकोनोमि

कृषि विकास बैंककी एक सहायकस्तरकी कर्मचारीको बदमासीका कारण अहिले नेपाली सेनाका एक उच्च अधिकारी आन्तरिक छानबिनमा तानिएका छन् । कृषि विकास वैंकको सहायक टेलर पदमा काम गर्ने दिपिका रेग्मीले हाकिमहरुलाई समेत झुक्याएर बैंकमा करिब ५ करोड हिनामिना गरेपछि अनुसन्धानमा सेनाका जर्नेल पनि मुछिएका हुन । यि दुईसंगै बैंकका अन्य चार कर्मचारी प्रहरी हिरासतमा पुगेका छन् । सेनाका जर्नेल वाहेकालाई सिआईबीले पक्राउ गरिसकेको छ भने जर्नेल कोर्ट मार्षलमा परेका छन।

उनिहरु सबै यिनै युवतीको बदमासीकै फसेका हुन् । उक्त घोटालामा नेपाल सेनाका बहालवाला सहायक रथीमाथि सेनाले कोर्टमार्सल शुरु गरेको छ । घोटलाको रकम उप रथी डा रमेश बिष्टको खातामा भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी) र सेनाले उनीमाथि पनि छानबिन थालेको हो ।

कृषि बिकास बैंकको न्यूरोड शाखाबाट ४ करोड ९१ लाख रुपैयाँ घोटाला भएको थियो । जसमा बैंकका दुई कर्मचारीसहित तीन जनालाई सिआईबीले गत साता नै पक्राउ गरि अनुसन्धान गरिरहेको छ । बैंककी सहायक टेलर रेग्मीसहित पियन अर्दली रमेश थापा र सुन पसले प्रकाश घतानीलाई प्रहरीले पक्राउ गरी अनुसन्धानमा थप कर्मचारी पनि तानिएका हुन् ।

ठगी गरेको मध्ये करिब ३२ लाख रकम जर्नेल बिष्टको खातामा भेटिएको अनुसन्धानमा आबद्ध सिआईबीका एक अधिकारीले बताए । दिलिपासँगैको सोधुपुछपछि प्रहरीले उनको खातामा रकम रहेको पत्ता लगाएको हो । उनको खाता रोक्का भइसकेको छ । सैनिक प्रहरीले गत साता नै उक्त घटनासम्बन्धि कागजपत्र सिआईबीबाट लिएर आन्तरीक छानबिन सुरु गरिसकेको छ ।
सिआईबी स्रोतका अनुसार दिपिकाले बैंक ठगी गरेको बारे जर्नेल बिष्ट र दिपिकाको आमालाई पहिलदेखि नै थाहा थियो । दिपिकाका बुबा पनि सोही बैंकका पूर्व कर्मचारी हुन् । लागूऔषध, बलत्कार तथा हत्याजस्ता गम्भीर प्रकृतीका मुद्दा बाहेक अन्य फौजदारी अपराधमा बहालवाला सैनिक कर्मचारी संलग्न भएको अवस्थामा सैनिक ऐनअनुसार सेनाले नै आन्तरीक छानबिन गरी सजाय गर्ने सैनिक ऐनको प्रावधान छ । बैंक ठगी मुद्दा पनि सेनाले नै आन्तरीक अनुसन्धान गरी कारबाही गर्दछ । सैनिक अदालतले कैद सजाय समेत तोक्दछ ।

जर्नेल बिष्ट र युवतीबीच कुनै नाता नभए पनि निकटतम सम्बन्ध भने थियो । सोही निकटताकै कारण घोटाला गरेको रकम युवतीले उनको खातामा जम्मा गरेकी थिइन् । युवतीको आमालाई समेत जर्नेल बिष्टसँगको सम्बन्ध र बैंक ठगीबारे पहिलेदेखि नै जानकारी थियो ।

प्रतिक्रिया दिनुहोस
पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...

जनार्दनलाई आफ्नै जिल्लामा कालो झण्डा

    नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि...