राष्ट्रियसभाको निर्वाचन नभएसम्म सरकार छोड्दैनौं – कानुनमन्त्री



हाम्रो इकोनोमि

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नछाड्ने बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले भने, “यो चुनावी सरकार हो, राष्ट्रिय सभाको निर्वाचन गर्न बाँकी नै छ, हामी निर्वाचन सम्पन्न गरेरमात्रै सरकार छाड्छौं, केयर टेकेर गर्भमेन्ट भन्नुहुन्छ भनेपनि हामी केयरफुल्ली केयर गरिरहेका छौं, निर्वाचन आयोगले पूर्ण मतपरिणाम सार्वजनिक गरेको छैन ।”

उनले प्रधानमन्त्री देउवाले चाहेर पनि अहिले सरकार छोड्न नपाउने जिकीर गरे । उनले भने, “देउवाले मलाई धेरै दबाब आयो भनेर पद छोड्छु भन्न पाउनुहुन्न, ओली र प्रचण्डलाई पनि आउँछु भन्ने छुट छैन ।”

यद्यपी उनले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि आफूहरुले सर्लक्कै सरकार छोड्न तयार रहेको स्पष्ट पारे । उनले ओली र प्रचण्डले अहिल्यै नै कुर्सी छोड भनेर देउवाको राजिनामा माग्नु दम्भ र उत्तेजनाको अभिव्यक्ति भएको समेत आरोप लगाए ।

सरकारले दुई महिना अघि नै राष्ट्रिय सभा सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको भन्दै अहिलेसम्म नआउनु दुःखद् भएको उनको टिप्पणी थियो । उनले भने, “म अहिले पनि ठन्डा भएर भन्छु राष्ट्रपतिसँग अर्को विकल्प छैन, अध्यादेश स्वीकृत गर्नैपर्छ, सरकारसँग पनि अर्को विकल्प छैन ।”

मन्त्री थापाले राष्ट्रियसभा सदस्य निर्वाचन सम्पन्न नभएसम्म सरकार आफूहरुले नछोड्ने उद्घोष गरे । उनले भने, “निर्वाचन नगरी सुखै छैन, त्यसको लागि अध्यादेश पारित नगरी सुखै छैन, राष्ट्रिय सभाको गठन नभएसम्म सरकार गठन गर्न मिल्दैन ।”

उनले एकल संक्रमणीय व्यवस्थाबारे पर्याप्त बहस भएको समेत जिकीर गरे । उनले थपे, “त्यतिबेला असंवैधानिक भनेर कतै आवाज सुनिएन, अहिले कोकोहोलो मच्याउने काम भैरहेको छ, बटारेर र बंग्याएर बहस गर्नु अनुचित हुन्छ ।”

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...