कृषि फार्म सञ्चालनमा



हाम्रो इकोनोमि

विदेशमा सिकेको सीप र आर्जन गरेको रकमलाई गाउँमै लगानी गरेर उर्लाबारी नगरपालिकाका–२ का अम्बिका खतिवडाले कृषि फार्म सञ्चालन गर्नुभएको छ ।

स्वदेशमै केही व्यवसाय गरौँ भन्ने उद्देश्यका साथ कृषि फार्म स्थापना गर्नुभएको हो । खतिवडाले आयुष्मान कृषि फार्म स्थापना गरेर आग्र्यानिक तरकारी उत्पादन गर्दैआउनुभएको छ । तरकारी खेतीसँगै उहाँले माछापालन, हाँस, कुखुरापालन समेत गर्नुभएको छ ।

उर्लाबारी–२ मा अढाइ बिगाहा जग्गामा अग्र्यानिक तरकारी खेती शुरु गर्नुभएका खतिवडाको फार्ममा आलु, प्याज, गोलभेँडा, सिमी, खुर्सानीलगायत मौसमी तथा बेमौसमी तरकारी लगाइएको छ । जग्गा भाडामा लिएर रु २८ लाखको लगानीमा खतिवडाले शुरु गर्नुभएको सो फार्ममा १० जनाले रोजगारीसमेत पाएका छन् ।

फार्मबाट उत्पादित तरकारी केही मात्रामा स्थानीयस्तरमै तथा बाँकी पूर्वका विभिन्न शहरमा बिक्री गर्ने खतिवडाको योजना छ । “परम्परागत खेतीलाई छाडेर आधुनिक खेतीमा उन्मुख गराउने उद्देश्यले फार्म खोलेको हुँं”, उहाँले भन्नुभयो, “युवा पैसा कमाउन विदेश जानुपर्दैन । थोरै लगानीमा स्वदेशमै बसेर कुनै पनि काम गरेर आम्दानी गर्न सकिन्छ ।”

वैदेशिक रोजगारमा जान आतुर युवालाई गाउँमै व्यावसायिक एवं अग्र्यानिक कृषि उत्पादन गरी रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले आफूले सो फार्म सञ्चालन गरेको खतिवडाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...