ओली प्रधानमन्त्री,बादल राष्ट्रपति,माओबादीको भागमा परेको सभामुख खान ५ जनाको दौड सुरु,राष्ट्रपति पाउन झलनाथ ओलीको यसरी गर्दैछन् चाकडी



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रले वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ लाई राष्ट्रपति उम्मेदवार बनाउने भएको छ ।

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने करिब पक्का भएपछि माओवादीका भागमा राष्ट्रपति र सभामुख परेको हो । सभामुखमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, अग्नि सापकोटा, हरिबोल गजुरेल र निवर्तमान सभामुख ओनसरी घर्तीमगर लगायतको दाबी रहे पनि बादल भने माओवादीभित्र राष्ट्रपतिका एक्ला उम्मेदवार हुन् । चितवन–२ बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने सोचमा रहेका बादललाई चितवन–३ मा उम्मेदवारी दिएका प्रचण्ड कमजोर हुने ठानेर माओवादीले ब्याक गराएको थियो ।

अध्यक्ष प्रचण्डले पुरुषतर्फ समानुपातिकको पहिलो नम्बरमा नाम राख्न खोज्दा उनले मानेका थिएनन् । पछि राष्ट्रिय सभामा ल्याएर राष्ट्रिय सभाको अध्यक्ष बनाउने आश्वासन दिइएको थियो । बाम गठबन्धनको बहुमत आएसँगै भागबण्डामा माओवादीले राष्ट्रपति पाउने भएपछि बादलको नाम अघि सारिएको हो । स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल समेत बादलको नाममा सहमत देखिएका छन् । अर्का वरिष्ठ नेता झलनाथ खनालले भने आफैं हुन चाहेका छन् । उनले यसअघि विद्या भण्डारी राष्ट्रपति हुँदा पनि चाहना राखेका थिए । तर, पार्टीभित्रको समीकरणमा कमजोर देखिएपछि खनाल पछि परेका थिए ।

‘कमरेड बादललाई राष्ट्रपतिको उम्मेदवार बनाउने करिब पक्का भएको छ’, माओवादीका एक कार्यालय सदस्यले भने, ‘एमाले पनि उहाँको नाममा सहमत छ ।’ अर्का एक नेताले भने पार्टी नेतृत्वले राष्ट्रपतिमा अघि सार्न खोजे पनि स्वयं बादलले भने राष्ट्रपति बन्न अस्वीकार गरेको दाबी गरे ।

यसअघि राष्ट्रपति विद्या भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले एक कार्यकाल दोहोरिन चाहेको समाचारहरु आएका थिए । त्यसका लागि राष्ट्रपति–उपराष्ट्रपति दुवैले आ–आफ्ना पूर्वपार्टीमा लविङसमेत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...