आन्तरिक पर्यटकलाई लोभ्याउँदै म्याग्दीकोे बेलढुंगा



हाम्रो इकोनोमि

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको शिरमा अवस्थित पर्यटकीयस्थल बेलढुंगा आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।

प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको बेलढुंगाका बारेमा प्रचारप्रसार हुन थालेपछि युवाले बिदाको समयमा समूह बनाएर बेनी हुँदै भकिम्लीको बेलढुंगासम्म जाने गरेका छन् ।

पछिल्लो एक हप्तामा बागलुङ र पर्वतबाट मोटरसाइकलमा युवाको समूह भकिम्लीको स्वर्गाश्रम हँुदै बेलढुंगामा पुगेर फर्किएको जयन्ती मावि भकिम्लीका शिक्षक भोजबहादुर जिसीले बताउनुभयो । “चहलपहल शुरु भएको छ, पदमार्ग बनाउन सम्बन्धित निकायबाट बजेटको आवश्यकता छ”– जिसीले भन्नुभयो । अवलोकन गरेर फर्किएका राजेश घर्तीले आकर्षक पर्यटकीय गन्तव्य भएकाले पदमार्ग र होमस्टेको व्यवस्थापन हुनुपर्ने बताउनुभयो । “पाँच वटा जिल्ला देखिन्छन् । बेलजस्तै ढुंगामाथिबाट देखिने दृष्यले सबैलाई लोभ्याउँछ”– उहाँले भन्नुभयो ।

बेलढुंगा जिल्लाकै पर्यटकीय गन्तव्य बनाउन सकिने प्रशस्त सम्भावना भए पनि पूर्वाधार र प्रचारप्रसार नहुँदा ओझेलमा छ । पूर्वाधारको अभावले पनि पैदलमार्गबाट अग्लो पहाडमा रहेको बेलढुंगाबाट म्याग्दीका अधिकांश भू–भागका साथै बागलु, पर्वत, कास्की, गुल्मी जिल्लाका भू–भागसहित धौलागिरिसहितका हिमशृङ्खलाको अवलोकन गर्ने गरिएको छ ।

धार्मिकस्थल स्वर्गाश्रमबाट करिब ४५ मिनेटको दूरीमा छ बेलढुंगा । आसपासको क्षेत्रबाट धौलागिरि, गुर्जा, चुरेन, नीलगिरिलगायतका एक दर्जन हिमश्रङ्खला, लालीगुराँसको घना जंगल, वन्यजन्तुको बासस्थानका साथै मनोरम दृष्य देखिन्छन् । जंगलका बीचमा रहेको अग्लो ढुंगासम्म पुगेपछि त्यहाँ करिब ३० जनासम्म बस्न मिल्छ । सबै एकैपटक ढुंगामा बस्दा हल्लिएको महसुस हुने भकिम्लीका डेकबहादुर घर्तीमगरले बताउनुभयो ।

प्राचीनकालमा तपस्या गर्न गएका सप्तऋषिले तपस्या गर्ने क्रममा ठूला पत्थरमा बनाएको बाटो हुँदै पुगिने उक्त ठाउँलाई सप्तऋषि बेलढुंगासमेत भन्ने गरिन्छ । स्वर्गाश्रमदेखि बेलढुंगासम्म २०० वर्ष अगाडिसम्म तपस्या गर्ने स्थान अहिले पनि सजिलै पहिचान गर्न सकिन्छ । जंगलभित्रको यात्रा गरेपछि अग्लो ढुंगामा पुगेर अवलोकन गर्न मिल्छ ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...