चर्चमा आत्मघाती आक्रमण, ९ को मृत्यु, ४४ जना घाइते



हाम्रो इकोनोमि

पाकिस्तानको दक्षिणपश्चिम प्रान्तको राजधानी क्वेटास्थित एक चर्चमा आइतबार आत्मघाती आक्रमण भएके छ । आक्रमणमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् ।

क्वेटाको एक सामुदायिक अस्पतालका प्रवक्ता वासिम वैगले आत्मघाती आक्रमणमा ९ जनाको मृत्यु भएको र ४४ जना घाइते भएको जानकारी दिएको भन्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले समाचार लेखेका छन्। ।

घटनामा थप केही जना गम्भीर घाइते रहेका बताउँदै मृतक सङ्ख्यामा वृद्धि हुनसक्ने प्रवक्ता वैगले बताएका छन् । घाइतेमध्ये नौ जनालाई गम्भीर चोट लागेको बताइएको छ ।

स्थानीय सञ्चारमाध्यमले घटनामा करिब १० देखि १५ किलोग्राम विस्फोटक पदार्थ प्रयोग भएको बताएका छन् ।

बलोचिस्तान प्रान्तका आन्तरिक मामिला मन्त्री सर्फाज वुग्टीले चार जनाको समूहमा आएका आतंककारी जारगुम सडक क्षेत्रमा रहेको वेथेल मेमोरियल मेथोडेस्ट चर्चको प्रवेशद्वार नजिकै आक्रमण गरेका बताए ।

आक्रमणकारीले विष्फोटक पदार्थसहित चर्चमा प्रबेश गर्न खोज्दै गर्दा सुरक्षाकर्मीले चलाएको गोली लागि एक जनाको मृत्यु भएको र एक अर्को व्यक्ति सुरक्षाकर्मीको गोली लागि घाइते भएको अवस्थामा आत्मघाती विस्फोट गराएको मन्त्री वुग्टीले बताए । दुई जना भने चर्चको भीडको फाइदा लिँदै भाग्न सफल भएका छन् ।

आक्रमण हुँदा चर्चमा प्रार्थनाका लागि करिब ५०० धर्माबलम्बी रहेका थिए । घटनामा घाइते सबैजनाको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...