चर्चमा आत्मघाती आक्रमण, ९ को मृत्यु, ४४ जना घाइते



पाकिस्तानको दक्षिणपश्चिम प्रान्तको राजधानी क्वेटास्थित एक चर्चमा आइतबार आत्मघाती आक्रमण भएके छ । आक्रमणमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् ।

क्वेटाको एक सामुदायिक अस्पतालका प्रवक्ता वासिम वैगले आत्मघाती आक्रमणमा ९ जनाको मृत्यु भएको र ४४ जना घाइते भएको जानकारी दिएको भन्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले समाचार लेखेका छन्। ।

घटनामा थप केही जना गम्भीर घाइते रहेका बताउँदै मृतक सङ्ख्यामा वृद्धि हुनसक्ने प्रवक्ता वैगले बताएका छन् । घाइतेमध्ये नौ जनालाई गम्भीर चोट लागेको बताइएको छ ।

स्थानीय सञ्चारमाध्यमले घटनामा करिब १० देखि १५ किलोग्राम विस्फोटक पदार्थ प्रयोग भएको बताएका छन् ।

बलोचिस्तान प्रान्तका आन्तरिक मामिला मन्त्री सर्फाज वुग्टीले चार जनाको समूहमा आएका आतंककारी जारगुम सडक क्षेत्रमा रहेको वेथेल मेमोरियल मेथोडेस्ट चर्चको प्रवेशद्वार नजिकै आक्रमण गरेका बताए ।

आक्रमणकारीले विष्फोटक पदार्थसहित चर्चमा प्रबेश गर्न खोज्दै गर्दा सुरक्षाकर्मीले चलाएको गोली लागि एक जनाको मृत्यु भएको र एक अर्को व्यक्ति सुरक्षाकर्मीको गोली लागि घाइते भएको अवस्थामा आत्मघाती विस्फोट गराएको मन्त्री वुग्टीले बताए । दुई जना भने चर्चको भीडको फाइदा लिँदै भाग्न सफल भएका छन् ।

आक्रमण हुँदा चर्चमा प्रार्थनाका लागि करिब ५०० धर्माबलम्बी रहेका थिए । घटनामा घाइते सबैजनाको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।

प्रतिक्रिया दिनुहोस
सुनको मूल्यले नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजार

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा

आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको