ओलीले देउवालाई यसरी दिए सत्ता छोड्दाको आफ्नै उदाहरण



हाम्रो इकोनोमि

आइतबार राजधानीको दरबारमार्गमा आयोजित वाम गठबन्धनको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै
ओलीले देउवालाई सत्ता छोड्न गाह्रो भएको आरोप लगाए।

 

उनले आफूले सरकार छोड्दा नयाँ सरकारको गठनसम्बन्धी व्यवस्था नै नभएपनि राष्ट्रपतिमार्फत बाधा अड्काउ फुकाउ आदेश जारी गरेर नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेको बताए।

‘म सम्झाउन चाहन्छु, मैले सरकार छोड्दा नयाँ सरकार गठन हुने व्यवस्था नै थिएन, राष्ट्रपतिमार्फत् बाधा अड्काउ फुकाएर नयाँ सरकारलाई मार्गप्रशस्त गरेको थिएँ,’ ओलीले भने, ‘अहिले चुनावपछि पनि प्रधानमन्त्री परामर्शका नाममा अस्पष्टता बढाइरहनु भएको छ।’

उनले सरकार संविधानको अपव्याख्या गरेर अस्पष्टता सिर्जना गरेको आरोपसमेत लगाए।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...