त्रिविबाट आठ हजार विद्यार्थी दीक्षित हुँदै



त्रिभुवन विश्वविद्यालयले यही पुस १६ गते हुने ४३औँ दीक्षान्त समारोहमा करिब आठ हजार विद्यार्थी
दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने त्रिविका परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिनुभयो ।

समारोहमा एमफिलतर्फ सर्वोत्कृष्ट अंक ल्याउने जनप्रशासन क्याम्पस बल्खुका डम्बर सुवेदी र स्नातकोत्तरतर्फ सर्वोकृष्ट अंक ल्याउने गणित केन्द्रीय विभाग, केन्द्रीय क्याम्पस कीर्तिपुरका प्रसन्नकुमार तामाङलाई चान्सलर पदक तथा स्नातकतर्फ सर्वोकृष्ट अंक ल्याउने पुल्चोक क्याम्पस पुल्चोक ललितपुरका मणिकुमार शर्मालाई भाइस चान्सलर पदक प्रदान गरिने छ ।

उक्त अवसरमा स्नातकोत्तर तहमा उत्कृष्ट अंक ल्याउने तामाङसहित १५ र स्नातक तहमा उत्कृष्ट ल्याउने आठ जनालाई विभिन्न पदक पनि प्रदान गरिने भएको छ । समारोहमा आठ हजार २६७ विद्यार्थी दीक्षित हुने त्रिविका परीक्षा प्रशासन महाशाखा प्रमुख बैकुण्ठ थपलियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार ६२ जना विद्यावारिधि प्राप्त छन् । समारोहमा त्रिविबाट २०७३ जेठ १७ देखि २०७४ असार १६ गतेसम्म स्नातक तह र स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीलाई दीक्षित गरिन्छ । दीक्षित हुने विद्यार्थीलाई यही पुस ९ देखि गाउन र स्कार्फ वितरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस
देवी प्रतिभालाई पोखरामा भव्य स्वागत

    कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत

 सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु

     सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ ।

गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

    कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ

एमाले विराटनगर अधिवेशनमा विनोद ढकालको प्यानलै निर्वाचित

    नेकपा एमाले विराटनगर अधिवेशनमा भएको निर्वाचनमा बलराम गिरी नवीनको प्यानल नै