बल्ल सकियो समानुपातिकको मतगणना,अन्तिम हिसाब गर्दै निर्वाचन आयोग,यो हो आयोगले दिएको अन्तिम तथ्यांक,कुन दलको कति हेर्नुहोस मत



हाम्रो इकोनोमि

मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ७७ वटै जिल्लाको मतगणना सकिएको छ । निर्वाचन आयोगले मतगणना सकिएपनि अन्तिम नतिजा सार्वजनिक गर्न भने समय लाग्ने जनाएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालले सवै नतिजा सार्वजनिक गर्न अझै समय लाग्ने बताए । उनले आयोगले अपडेट गरेको आँकडा अन्तिम नभएको पनि बताए ।
निर्वाचन आयोगले आफ्नो वेभसाइडमा चढाएको नतिजा अनुसार समानुपातिकमा एमाले नै अगाडि छ । जसले ३१ लाख ७३ हजार ४९४ छ भने कांग्रेसको ३१ लाख २८ हजार ३८९ मत रहेको छ ।

त्यसैगरी माओवादी केन्द्रको १३ लाख ३ हजार ७२१ मत छ । त्यस्तै राजपा नेपालको ४ लाख ७२ हजार २५४ छ भने संघीय समाजवादी फोरमको ४ लाख ७० हजार २०१ छ । त्यस्तै विवेकशीला साझा पार्टीको २ लाख १२ हजार ३६३ छ भने राप्रपाको १ लाख ९६ हजार ७८२ मत आएको छ । राप्रपा प्रजातान्त्रिकको ८८ हजार ३७७ रहेको छ ।

नयाँ शक्तिको ८१ हजार ८३७ मत आएको छ भने राजमोको ६२ हजार १३४ मत आएको छ । आयोगका अनुसार अन्य दलको जम्मा ३ लाख ५५ हजार १९२ मत आएको छ । तर, आयोगका अनुसार सवै जिल्लाको मत परिणाम इन्ट्री गर्ने काम भइरहेकाले यो संख्या नै अन्तिम भने होइन ।

प्रतिक्रिया दिनुहोस
सरकारले प्रतिशोधी निर्णय गर्‍यो : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले संयमताका साथ अगाडि बढ्नुपर्ने सरकारले हतारमा...

पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले रुचाउँदैन : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको...

स्वास्थ्य परीक्षण गर्न ओलीलाई टिचिङ अस्पताल लगियो

     नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षण गर्न...

एमालेले आजैदेखि आन्दोलन थाल्ने घोषणा

   नेकपा एमालेका सचिव महेश बस्नेतले प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य...